पर्यटन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन नाट्टाको आग्रह « Khabarhub

पर्यटन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन नाट्टाको आग्रह


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)ले नेपाल राष्ट्र बैंकलाई पर्यटन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन आग्रह गरेको छ ।

नाट्टाका अध्यक्ष रमेश थापा नेतृत्वको टोलीले मङ्गलबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर कोभिड–१९ को महामारीबाट आक्रान्त पर्यटन व्यवसायलाई पुनरुउत्थान हुने खालको मौद्रिक नीति ल्याउन आग्रह गरेको हो ।

नाट्टाले कोरोना महामारीबाट आक्रान्त पर्यटन व्यवसाय थोरै चलायमान हुन लागेको अवस्थामा हालै राष्ट्र बैंकले पुनःकर्जा कार्यविधिमा गरेको परिवर्तनले असाध्यै अप्ठ्यारो परिस्थिति उत्पन्न भएको उल्लेख गर्दै पर्यटन क्षेत्रलाई पुनरुउत्थान गर्नका लागि पुनःकर्जाको व्यवस्थालाई पाँच वर्षसम्म निरन्तरता दिनुपर्ने माग अघि सारेको छ ।

यस्तै पर्यटन क्षेत्रका व्यवसायीले कोरोनाका कारण बैंकबाट लिएको ऋणको किस्ता समयमा बुझाउन नसकेको भन्दै विलम्ब शुल्क नलाग्ने गरी भुक्तानीको वातावरण निर्माण गर्नुपर्ने, पर्यटन क्षेत्रलाई पनि निर्यात व्यवसायीले पाएजस्तो ‘क्यास व्याक इन्सेन्टिभ’ दिइने व्यवस्था प्रदान गर्न आग्रह गरेको छ ।

नाट्टाले कोरोनाबाट अति प्रभावित क्षेत्र पर्यटनलाई सहजरूपमा ऋण प्रवाहको व्यवस्था गर्नुपर्ने, पर्यटन व्यवसायीलाई कम्पनी दर्ता प्रमाणपत्र कर चुक्ताको प्रमाणपत्रका आधारमा बैंक ग्यारेन्टीको धितो राखेर रु २० लाखसम्म सहुलियत ऋण प्रवाह गर्नुपर्ने, टुर गाइड, ट्रेकिङ गाइड, र्‍याफ्टिङ गाइड, पर्वतारोहण गाइडलगायत सरकारले प्रदान गरेको प्रमाणपत्र जमानी राखेर रु १० लाखसम्म सहजरूपमा सहुलियत ऋण प्रवाह गर्न माग गरेको छ ।

यसैगरी विदेश भ्रमणका लागि टुर प्याकेज खरिद गर्दा दिने भुक्तानी सेवा बढाउनुपर्ने, राष्ट्र बैंकको डलर इजाजत र पर्यटन विभागबाट जारी हुने इजाजतको नवीकरण गर्ने समयमा एकरुपता ल्याउनुपर्नेलगायत मागसमेत नाट्टाको छ ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ८ : २१ बजे

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ– माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको

दिक्तेलको भानुचोकमा राष्ट्रिय विभूति आचार्यको सालिक पुनर्निर्माण सुरु

खोटाङ– राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुननिृर्माणको काम सुरु

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको