आईपीओ निष्कासन गर्दै सगरमाथा जलविद्युत कम्पनी « Khabarhub

आईपीओ निष्कासन गर्दै सगरमाथा जलविद्युत कम्पनी


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निस्कासन गर्ने भएको छ ।

इलाम नगरपालिकामा रहेको ९.६ मेगावाटको माथिल्लो माई जलविद्युत आयोजनाको विकासकर्ता सगरमाथा जलविद्युत कम्पनीले आयोजना प्रभावित, सर्वसाधारण, आफ्ना कर्मचारी र सामुहिक लगानी कोषसहितका लागि ५४ लाख ८८ हजार कित्ता आईपीओ निस्कासन गर्ने भएको हो ।

कम्पनीको कुल पुँजी १ अर्ब १२ करोड छ । जसमध्ये स्थानीयका लागि ११ लाख २० हजार कित्ता र सर्वसाधारण, कर्मचारी तथा सामुहिक लगानी कोषका लागि ४३ लाख ६८ हजार कित्ता गरी कुल ५४ लाख ८८ हजार कित्ता आईपीओ खुला गर्ने तयारी गरेको हो ।

आईपीओ निस्कासनका लागि कम्पनीले प्रभु क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  १० : २६ बजे

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ– माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको

दिक्तेलको भानुचोकमा राष्ट्रिय विभूति आचार्यको सालिक पुनर्निर्माण सुरु

खोटाङ– राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुननिृर्माणको काम सुरु

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको