असफलताको बाटोमा अक्षय  « Khabarhub

असफलताको बाटोमा अक्षय 


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सन् २०१२ पश्चात बलिउड अभिनेता अक्षय कुमार समय ठीकठाक भयो । राउडी  राठोर, ओह माइ गड लगायतका फिल्मले उनको दर्शक बढायो । त्यसपछि आएका फिल्महरु खिलाडी ७८६, स्पेसल २६, बोस, बेबी लगायतका फिल्महरुले उनलाई सय करोड क्लबको हिरोमा लगातार स्थिर बनायो । यद्यपि कोरोना भाइरसको महामारी पश्चात उनको यो स्थिरता कायम छैन । सूर्यवंशीलाई भुल्ने हो भने उनका फिल्मलाई नत समीक्षकले रुचाएका छन् नत बक्स अफिसमै कमाल गर्न सकेको छ । 

अतरंगी रेलाई समीक्षकले केही राहत दिएता पनि त्यसबाहेकका फिल्मले उनको दर्शक घटाईरहेको छ । लक्ष्मी बम्ब, बच्चन पाण्डे, बेल बटम झैँ उनको पछिल्लो फिल्म  ‘सम्राट पृथ्वीराज’ पनि असफल रह्यो । अक्षयलाई लिएर फिल्म बनाउँदा फाइदा हुनेछ भन्ने निर्माताहरूको उनको पारिश्रमिककै कारण अप्ठ्यारोमा पर्न थालेका छन् । लगातार फिल्म असफल हुँदा अक्षयको पारिश्रमिक खस्किने डर बढ्दो छ । एकै फिल्मको लागि एक सय करोड बढीको पारिश्रमिक लिने गरेका अक्षय लगातार फिल्म असफल हुँदा चिन्तित रहेको भारतीय मिडियामा उल्लेख छ । 

यस अगाडिको फिल्म ‘बच्चन पाण्डे’ लाई द कश्मीर फाइल्सको कारण असफल भएको बताउने अक्षयले यसपटक बहाना पाएका छैनन् । दुई सय करोडको हाराहारीमा बनेको फिल्म ‘सम्राट पृथ्वीराज’ को कलेक्सन एक सय करोड पुग्नेमा समेत ट्रेड एनालिस्टहरु विश्वस्त छैनन् ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  १२ : ५० बजे

नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको

बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्र : नेपाल रेडक्रस

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढी प्रभावितको

पहिरोले बूढीगण्डकीमा थुप्रिएर बनेको अस्थायी बाँध फुट्दा आकस्मिक बाढी : इसिमोड

काठमाडौँ– गोर्खाको चुमचेट नजिकै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपराह्नसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरूको मत गतगणना जारी

कांग्रेस महामन्त्रीमा पराजित घिमिरेले भने– ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

काठमाडौँ– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा