नबिल बैंकले काठमाडौंका आफ्ना १८ शाखाका शौचालयलाई सार्वजनिक रुपमा प्रयोगमा ल्याउने (भिडियो) « Khabarhub

नबिल बैंकले काठमाडौंका आफ्ना १८ शाखाका शौचालयलाई सार्वजनिक रुपमा प्रयोगमा ल्याउने (भिडियो)


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नबिल बैंकले काठमाडौं महानगरभित्रका आफ्ना १८ शाखामा रहेका शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने भएको छ । आज काठमाडौं महानगरसँग १३ बुँदे सम्झौता गरेर उक्त घोषणा गरेको हो । जसअनुसार नबिल बैंकले १७ वटा शाखाका शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने भएको हो ।
।
महानगर र बैंकबीच भएको १३ बुँदे सम्झौतामा शौचालय प्रयोग गरे बापत बैंकले कुनै शुल्क नलिने भएको छ । यसैबीच शौचालयको मर्मत सम्भार, सफाइ र पानीको व्यवस्था बैंक आफैले गर्ने छ । महानगरको नगरकार्यपालिका बैठकले गत जेठ १६ गते काठमाडौंभित्रको होटल, रेस्टुरेन्ट तथा अन्य व्यवसायमा रहेका शौचालयहरूलाई सर्वजनिक प्रयोगमा ल्याउने निर्णय गरेको थियो । त्यसमा नबिल बैंकले पहिलो सम्झौता गरेको हो । उक्त सम्झौता ५ वर्षको हुने छ ।

सार्वजनिक शौचालय भएका भवनमा प्रष्ट देखिने गरी सूचना बोर्ड राख्नुपर्ने र शौचालयमा आवश्यक सरसफाइको जिम्मेवारी बैंककै हुने सम्झौतापत्रमा उल्लेख छ । सार्वजनिक शौचालयको अनुगमन र मूल्यांकनका लागि प्रत्येक चार महिनामा दुवै पक्षबाट एक-एक प्रतिनिधि खटाइने छ । उक्त सम्झौतामा काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  २ : ५१ बजे

बडादसैँको दोस्रो दिन मैतीदेवी मन्दिरमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको आज दोस्रो दिन । आज दसैँ

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज