युक्रेनलाई २२ नयाँ तोपखाना प्रणाली सहायता गरेको नर्वेको घोषणा « Khabarhub

युक्रेनलाई २२ नयाँ तोपखाना प्रणाली सहायता गरेको नर्वेको घोषणा


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नर्वेले युक्रेनलाई २२ नयाँ तोपखाना प्रणाली सहायता उपलब्ध गराएको छ । नर्वेको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै युक्रेनलाई थप २२ आधुनिक तोपखाना प्रणाली, पार्टपुर्जा, गोलावारुद र अन्य उपकरण पनि उपलब्ध गराएको जनाएको छ ।

‘सुरक्षाको कारण नर्वेजियन सरकारले केही समय पर्खेर यो अनुदानको सार्वजनिक घोषणा गरेको हो ।’ नर्वेजियन रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

युक्रेनलाई दिइने आगामी सहायताबारे टिप्पणी वा सार्वजनिक घोषणा नगर्ने समेत रक्षा मन्त्रालयले संकेत गरेको जनाइएको छ ।

गत फेब्रुअरी २४ मा रुसले आक्रमण थालेयता युक्रेनले अन्तर्राष्ट्रिय समुदायसँग भारी हतियारको माग गर्दै आएको छ ।

रुसी आक्रमणको सुरुवाती समयमा युक्रेनलाई भारी एवम् आक्रामक हतियार उपलब्ध गराउन आनाकानी गरिरहेको अन्तर्राष्ट्रिय समुदायले पछिल्लो समय भने तोपखाना, चालहरहित हवाइ उपकरण (ड्रोन) जस्ता सैन्य सहायता उपलब्ध गराउन थालेका छन् ।

केही समयअघिमात्रै अमेरिकाले युक्रेनलाई अत्याधुनिक हवित्जर एम ७७७ तोपखाना प्रणाली सहयोग गरेको थियो । विशेष मार्गनिर्देशक यन्त्र जडित हजित्वर ७७७ तोपखाना प्रणालीको गोलाबारुदले गतिशील निशानामा पनि सटिक प्रहार गर्नसक्ने बताइन्छ ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ४ : ०१ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु