युक्रेनलाई २२ नयाँ तोपखाना प्रणाली सहायता गरेको नर्वेको घोषणा « Khabarhub

युक्रेनलाई २२ नयाँ तोपखाना प्रणाली सहायता गरेको नर्वेको घोषणा


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नर्वेले युक्रेनलाई २२ नयाँ तोपखाना प्रणाली सहायता उपलब्ध गराएको छ । नर्वेको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै युक्रेनलाई थप २२ आधुनिक तोपखाना प्रणाली, पार्टपुर्जा, गोलावारुद र अन्य उपकरण पनि उपलब्ध गराएको जनाएको छ ।

‘सुरक्षाको कारण नर्वेजियन सरकारले केही समय पर्खेर यो अनुदानको सार्वजनिक घोषणा गरेको हो ।’ नर्वेजियन रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

युक्रेनलाई दिइने आगामी सहायताबारे टिप्पणी वा सार्वजनिक घोषणा नगर्ने समेत रक्षा मन्त्रालयले संकेत गरेको जनाइएको छ ।

गत फेब्रुअरी २४ मा रुसले आक्रमण थालेयता युक्रेनले अन्तर्राष्ट्रिय समुदायसँग भारी हतियारको माग गर्दै आएको छ ।

रुसी आक्रमणको सुरुवाती समयमा युक्रेनलाई भारी एवम् आक्रामक हतियार उपलब्ध गराउन आनाकानी गरिरहेको अन्तर्राष्ट्रिय समुदायले पछिल्लो समय भने तोपखाना, चालहरहित हवाइ उपकरण (ड्रोन) जस्ता सैन्य सहायता उपलब्ध गराउन थालेका छन् ।

केही समयअघिमात्रै अमेरिकाले युक्रेनलाई अत्याधुनिक हवित्जर एम ७७७ तोपखाना प्रणाली सहयोग गरेको थियो । विशेष मार्गनिर्देशक यन्त्र जडित हजित्वर ७७७ तोपखाना प्रणालीको गोलाबारुदले गतिशील निशानामा पनि सटिक प्रहार गर्नसक्ने बताइन्छ ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ४ : ०१ बजे

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट