उर्जा संकट बढेपछि खर्च कटौती गर्न पाकिस्तानमा सातामा दुई दिन विदा « Khabarhub

उर्जा संकट बढेपछि खर्च कटौती गर्न पाकिस्तानमा सातामा दुई दिन विदा


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उर्जा संकट बढेको भन्दै पाकिस्तान सरकारले सातामा दुई दिन विदा दिने योजनालाई पुनर्स्थापित गरेको छ । भारतीय अखबार द हिन्दूको अनलाइन संस्करणले जनाएअनुसार खर्च कटौतीको प्रयासस्वरुप पाकिस्तान सरकारले सातामा दुई दिन विदा दिने योजना अघि ल्याएको हो ।

प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको पहिलो दिन नै शहबाज सरिफले गत अप्रिल १६ मा सार्वजनिक क्षेत्रका कार्यालयहरु शनिबार पनि खुला राख्न र साप्ताहिक विदालाई आइतबारमात्र कायम राख्न निर्देशन दिएका थिए ।

यद्यपि उनको घोषणाको चौतर्फी आलोचना भएको बताइएको छ । यस घोषणाबाट क्रुद्ध बनेका सार्वजनिक क्षेत्रका कर्मचारीहरुले प्रदर्शनको आयोजना समेत गरेका थिए ।

‘शनिबारको विदा पुनर्स्थिापित गरिएको छ । यो निकै चुनौतिपूर्ण समय हो र संकट नियन्त्रण गर्नका लागि यसो गर्न लागिएको हो ।’ पाकिस्तानी प्रधानमन्त्रीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकपछि सूचनामन्त्री मरियम औरङजेबले भनिन् ।

सरकारले यसबाहेक सरकारी अधिकारीलाई दिइने पेट्रोलको कोटामा ४० प्रतिशतले कटौती गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ४ : २२ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको