नेप्से परिसूचक ६० अंकले बढ्यो, सेयर बजारमा हरियाली « Khabarhub

 नेप्से परिसूचक ६० अंकले बढ्यो, सेयर बजारमा हरियाली


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लामो समयदेखि लगातार ओरालो लागेको सेयर बजारमा बुधबार हरियाली छाएको छ ।  नेप्से परिसूचक ६०.२२ अंकले बढेर २०८०. ४४ अंकमा पुगेको छ । अधिकांश कम्पनीको सेयर मूल्य उकालो लाग्दा सीमित कम्पनीमा भने रातो देखिएको छ ।

यो दिनको कारोबारमा ५० लाख ५ हजार ८१४ कित्ता सेयर १ अर्ब ६४ करोड ३ लाख ५६ हजार ६०८ रुपैयाँमा कारोबार भएको छ । यो दिन २१८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ५ वटाको हकमा सेयर मूल्य स्थिर छ ।

आजको कारोबारमा लगानीकर्ताको आकर्षण फाइनान्स कम्पनीमा देखिएको छ । फाइनान्सतर्फको उपसमूहमा ५.०३ प्रतिशत वृद्धि भएको छ । बुधबारको कारोबारमा सबै उपसमूहमा हरियाली छाएको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त, बलेफी हाइड्रोपावर र कालिका लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यसैगरी यो दिनको कारोबारमा कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर, कुमारी बैंक, हिमालयन डिस्टिलरी, नेपाल इन्भेष्टमेन्ट बैंक र अपि पावर शीर्ष स्थानमा छन् ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ४ : ३५ बजे

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड