नेप्से परिसूचक ६० अंकले बढ्यो, सेयर बजारमा हरियाली « Khabarhub

 नेप्से परिसूचक ६० अंकले बढ्यो, सेयर बजारमा हरियाली


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लामो समयदेखि लगातार ओरालो लागेको सेयर बजारमा बुधबार हरियाली छाएको छ ।  नेप्से परिसूचक ६०.२२ अंकले बढेर २०८०. ४४ अंकमा पुगेको छ । अधिकांश कम्पनीको सेयर मूल्य उकालो लाग्दा सीमित कम्पनीमा भने रातो देखिएको छ ।

यो दिनको कारोबारमा ५० लाख ५ हजार ८१४ कित्ता सेयर १ अर्ब ६४ करोड ३ लाख ५६ हजार ६०८ रुपैयाँमा कारोबार भएको छ । यो दिन २१८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ५ वटाको हकमा सेयर मूल्य स्थिर छ ।

आजको कारोबारमा लगानीकर्ताको आकर्षण फाइनान्स कम्पनीमा देखिएको छ । फाइनान्सतर्फको उपसमूहमा ५.०३ प्रतिशत वृद्धि भएको छ । बुधबारको कारोबारमा सबै उपसमूहमा हरियाली छाएको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त, बलेफी हाइड्रोपावर र कालिका लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यसैगरी यो दिनको कारोबारमा कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर, कुमारी बैंक, हिमालयन डिस्टिलरी, नेपाल इन्भेष्टमेन्ट बैंक र अपि पावर शीर्ष स्थानमा छन् ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ४ : ३५ बजे

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित

सरकारी टोलीले जेन-जी आन्दोलनमा क्षति पुगेका दलका कार्यालयको अवलोकन गर्दै

काठमाडौं – सञ्चार तथ सूचना प्रविधिमन्त्री जगदीश खरेलसहित सरकारी टोलीले

राष्ट्रियसभा बैठकका लागि कृषि समितिको हल मर्मत गरिँदै (तस्बिरहरू)

काठमाडौं– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित

क्रिकेट खेलाडी धामी ‘बिज एजुकेशन’का ब्रान्ड एम्बासडर

काठमाडौं– क्रिकेट खेलाडी हेमन्त धामीलाई ‘बिज एजुकेशन’ले ब्रान्ड एम्बासडरका रूपमा