रसुवामा विद्युत् आपूर्ति बन्द « Khabarhub

रसुवामा विद्युत् आपूर्ति बन्द


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– ६६ केभी प्रसारण लाइनमा समस्या आएपछि रसुवामा विद्युत आपूर्ति ठप्प भएको छ । जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५, स्थित ठूलोभार्खुमा रहेको १४ नम्बर टावरमा समस्या आएपछि जिल्लामा मंगलबार रातिदेखि विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत प्राधिकरण धुन्चे वितरण केन्द्रले जनाएको छ ।

 विद्युत आपूर्तिमा समस्या आएपछि काठमाडौं ग्रिड महाशाखाबाट मर्मत टोली आउन लागेको केन्द्रका प्रशासन प्रमुख एवं सूचना अधिकारी दीपरमण अधिकारीले बताए । मर्मतको काम सकिएपछि विद्युत् सेवा सुरु हुने उनको भनाइ छ । ६६ केभी लाइनको मर्मत गर्न मर्मत टोली नै आउनुपर्ने भएकाले टोली आइपुगेपछि मात्र काम हुने छ । त्रिशूली फिडर नम्बर ४ बाट बिहान धुन्चे, कालिका तथा उत्तरगयाको विभिन्न क्षेत्रमा विद्युत् आपूर्तिको व्यवस्था मिलाइएकोमा ११ केभी प्रसारण लाइनको तार चुँडिएपछि अहिले उक्त क्षेत्रमा पनि समस्या आएको हो ।

 अहिले ११ केभी प्रसारण लाइनको मर्मत हुँदै गरेको र केही समयपछि धुन्चे, कालिका तथा उत्तरगयाको विभिन्न क्षेत्रमा भने विद्युत सेवा सुरु हुने केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ५ : १२ बजे

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित

सरकारी टोलीले जेन-जी आन्दोलनमा क्षति पुगेका दलका कार्यालयको अवलोकन गर्दै

काठमाडौं – सञ्चार तथ सूचना प्रविधिमन्त्री जगदीश खरेलसहित सरकारी टोलीले

राष्ट्रियसभा बैठकका लागि कृषि समितिको हल मर्मत गरिँदै (तस्बिरहरू)

काठमाडौं– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित

क्रिकेट खेलाडी धामी ‘बिज एजुकेशन’का ब्रान्ड एम्बासडर

काठमाडौं– क्रिकेट खेलाडी हेमन्त धामीलाई ‘बिज एजुकेशन’ले ब्रान्ड एम्बासडरका रूपमा

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

गोरखा– गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा