'उपसभामुख चाहिएन भने उपसभामुख पद नै खारेज गरौँ' : सांसद सिंह | Khabarhub Khabarhub

‘उपसभामुख चाहिएन भने उपसभामुख पद नै खारेज गरौँ’ : सांसद सिंह


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले उपसभामुख पद खारेजीको माग गरेका छन् । बुधबार प्रतिनिधि सभामा बोल्दै सांसद सिंहले उपसभामुख नचाहिए यो पद नै खारेज गर्नुपर्ने बताएका हुन् । 

उनले भने, ‘कस्तो संसदीय व्यवस्था अगाडि बढाउन खोजेका छौँ ? उपसभामुख चाहिएन भने उपसभामुख पद नै खारेज गरौँ । चाहियो भने उपसभामुखको निर्वाचन किन भएन ?’। उनले उपसभामुखका कारण खर्च बढ्छ भने उपसभामुख पद खारेज गर्नुपर्ने बताए । उनले संसदको राज्य व्यवस्था तथा सुशासन समिति पनि खारेज गर्न माग गरे ।

 सिंहले राज्य व्यवस्था समितिका सभापति पद पनि खाली भएकाले तुरुन्त सो पदमा नियुक्त हुनुपर्ने बताए । एक वर्षदेखि समितिको बैठक बस्न नसकेको बताए ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ५ : ४१ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास