पुस्तक ‘खलंगामा हमला’ फिल्म बन्दै  « Khabarhub

पुस्तक ‘खलंगामा हमला’ फिल्म बन्दै 


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्देशक विनोद विष्टले पुनः पुस्तकमै आधारित फिल्म निर्माण गर्ने भएका छन् । झमक घिमिरेको जीवनीमा आधारित ‘जीवन काँडा कि फुल’ माथि फिल्म बनाइसकेका निर्देशक विष्टले यसपटक पनि मदन पुरस्कारबाट पुरस्कृत पुस्तक ‘खलंगामा हमला’ लाई फिल्म बनाउने भएका छन् । ‘खलंगामा हमला’ राधा पौडेलले झण्डै दुई दशक अघि जुम्लाको खलंगामा घटेको घटनाको विषयमा लेखेको पुस्तक हो ।

यसअघि धेरैबाट पुस्तकमाथि फिल्म बनाउ माग गरिएको थियो’ लेखिका पौडेलले भनिन् ‘विनोद दाइले यसअघि बनाएको जीवन काँडा कि फूल हेरेपछि उहाँलाई विश्वास गर्न सके ।’ उनले आफूलाई फिल्मको बारेमा जानकारी नभएको बताए पनि निर्देशक विष्टले पुस्तकलाई फिल्ममा ल्याउने विश्वास बढेकै कारण फिल्म गर्ने अनुमति दिएको बताइन् । 

‘हामीले मिलेर पटकथा तयार गर्छौँ । अहिले घोषणा मात्र हो । यसपछि विभिन्न कुराहरू आउने नै छन्’ लेखिका पौडेलले भनिन् । निर्देशक विष्टले जीवन काँडा कि फूल बनाइसकेपछि धेरै पुस्तक पढेको र ‘खलंगामा हमला’ पुस्तकले आफ्नो मन छोएको बताए । विष्टले खलंगामा खासमा के भएको थियो भन्ने विषयमा आममानिसमा जिज्ञासा रहेको र त्यो कुरालाई आफूले फिल्ममा विशेष तरिकाले देखाउने सुनाए ।

‘हामीले अहिले फिल्म बनाउँदै छौँ है भनेर जानकारी मात्र दिएका हौँ । बाँकी काम भनेकै स्क्रिप्ट, कास्टिङ बाँकी नै छ । छिटै जानकारी दिन्छौँ’ निर्देशक विष्टले भने । उनले फिल्ममा सकेसम्म चिनिएको अनुहार नै राख्ने बताए । उनका अनुसार यो फिल्म निर्माणका लागि तीन करोड बजेट छुट्याइएको छ । फिल्म जुम्ला र चितवनमा छायाङ्कन हुनेछ ।  लेखिका पौडेलको यो पुस्तक २०१३ मा सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ५ : ५६ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती