‘टाइगर ३’ को द्वन्द्वलाई ४० करोड  « Khabarhub

‘टाइगर ३’ को द्वन्द्वलाई ४० करोड 


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेता सलमान खानलाई दर्शकले दिएको अर्को उपनाम हो ‘टाइगर’ । एक था टाइगरमा देखिए यता उनलाई ‘टाइगर’ भन्न थलिएको हो । यिनै सलमान यसै फिल्मको तेस्रो संस्करणको छायांकनमा व्यस्त छन् ।‘टाइगर’ को तेस्रो फ्रेन्चाइजको तेस्रो फिल्म ‘टाइगर ३’ लाई फाइनल मिसन भनिएको छ । यसैले गर्दा यो फिल्म प्रतीक्षित छ । 

सलमान र टाइगर सिरिजको फ्यानले यसलाई प्रतीक्षा गरिरहेका छन् । दर्शकको प्रतीक्षालाई ध्यानमा राख्दै निर्माण कम्पनी यशराज फिल्म्सले पनि यसमा निकै मेहनत गरिरहेको छ । पछिल्लो समय भारतीय मिडियामा आएको समाचारअनुसार फिल्ममा सलमान र अर्का अभिनेता इमरान हाशमीको एक्सन सिक्वेन्सका लागि झण्डै ४० करोड रुपैयाँ खर्च गरिएको छ ।

फिल्ममा सलमान र कटरीना कैफ प्रमुख भूमिकामा छन् । इमरान भने भिलेनको चरित्रमा देखिनेछन् । यद्यपि इमरानको भूमिकाबारे निर्माण पक्षले आधिकारिक रुपमा जानकारी दिएको छैन । फिल्मको सुटिङ टर्की, अष्ट्रिया, रुस र नयाँदिल्लीमा गरिएको छ । फिल्ममा सलमान ‘र’ को एजेण्ट टाइगर र कट्रिना आईएसआईको एजेण्ट जोयाको भूमिकामा देखिँदैछिन् । मनीष शर्माको निर्देशनमा बनेको फिल्म यशराज फिल्मस्ले निर्माण गरेको हो ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ६ : ०५ बजे

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल