‘टाइगर ३’ को द्वन्द्वलाई ४० करोड  « Khabarhub

‘टाइगर ३’ को द्वन्द्वलाई ४० करोड 


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेता सलमान खानलाई दर्शकले दिएको अर्को उपनाम हो ‘टाइगर’ । एक था टाइगरमा देखिए यता उनलाई ‘टाइगर’ भन्न थलिएको हो । यिनै सलमान यसै फिल्मको तेस्रो संस्करणको छायांकनमा व्यस्त छन् ।‘टाइगर’ को तेस्रो फ्रेन्चाइजको तेस्रो फिल्म ‘टाइगर ३’ लाई फाइनल मिसन भनिएको छ । यसैले गर्दा यो फिल्म प्रतीक्षित छ । 

सलमान र टाइगर सिरिजको फ्यानले यसलाई प्रतीक्षा गरिरहेका छन् । दर्शकको प्रतीक्षालाई ध्यानमा राख्दै निर्माण कम्पनी यशराज फिल्म्सले पनि यसमा निकै मेहनत गरिरहेको छ । पछिल्लो समय भारतीय मिडियामा आएको समाचारअनुसार फिल्ममा सलमान र अर्का अभिनेता इमरान हाशमीको एक्सन सिक्वेन्सका लागि झण्डै ४० करोड रुपैयाँ खर्च गरिएको छ ।

फिल्ममा सलमान र कटरीना कैफ प्रमुख भूमिकामा छन् । इमरान भने भिलेनको चरित्रमा देखिनेछन् । यद्यपि इमरानको भूमिकाबारे निर्माण पक्षले आधिकारिक रुपमा जानकारी दिएको छैन । फिल्मको सुटिङ टर्की, अष्ट्रिया, रुस र नयाँदिल्लीमा गरिएको छ । फिल्ममा सलमान ‘र’ को एजेण्ट टाइगर र कट्रिना आईएसआईको एजेण्ट जोयाको भूमिकामा देखिँदैछिन् । मनीष शर्माको निर्देशनमा बनेको फिल्म यशराज फिल्मस्ले निर्माण गरेको हो ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ६ : ०५ बजे

प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी

भक्तपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण