अछाम हत्याकाण्ड- मृतकको शव पोस्टमार्टमका लागि लैजाने तयारी « Khabarhub

अछाम हत्याकाण्ड- मृतकको शव पोस्टमार्टमका लागि लैजाने तयारी


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको शव पोस्टमार्टमका लागि लैजाने तयारी भएको छ। मृतकका आफन्त र प्रशासनबीच शवको परीक्षण गर्ने, घटनाको छानबिन गर्ने र आवश्यकताअनुसार कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने विषयमा सहमति भएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक मोहनकुमार आर्चायले जानकारी दिएका छन् ।

आर्चायका अनुसार शव उठाइएको छ। अहिले पोस्टमार्टमका लागि लैजाने तयारी थालिएको छ। घटनाको अनुसन्धान गर्न काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षकको कमान्डमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए ।  सभामुख अग्निप्रसाद सापकोटाले आजको प्रतिनिधिसभा बैठकमा शाहीको मृत्युबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाउन सरकारलाई निर्देशन दिएका छन्। 

मध्यपहाडी राजमार्गमा पर्ने पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर ४  कुच्चीको भीरको खोँचमा उनको शव फेला परेको थियो। जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पञ्चदेवलमा भएको झडपपछि बेपत्ता भएका शाहीको शव शनिबार बिहान स्थानीयले फेला पारेका थिए। 

 

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ६ : १६ बजे

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड