अछाम हत्याकाण्ड- मृतकको शव पोस्टमार्टमका लागि लैजाने तयारी | Khabarhub Khabarhub

अछाम हत्याकाण्ड- मृतकको शव पोस्टमार्टमका लागि लैजाने तयारी


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको शव पोस्टमार्टमका लागि लैजाने तयारी भएको छ। मृतकका आफन्त र प्रशासनबीच शवको परीक्षण गर्ने, घटनाको छानबिन गर्ने र आवश्यकताअनुसार कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने विषयमा सहमति भएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक मोहनकुमार आर्चायले जानकारी दिएका छन् ।

आर्चायका अनुसार शव उठाइएको छ। अहिले पोस्टमार्टमका लागि लैजाने तयारी थालिएको छ। घटनाको अनुसन्धान गर्न काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षकको कमान्डमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए ।  सभामुख अग्निप्रसाद सापकोटाले आजको प्रतिनिधिसभा बैठकमा शाहीको मृत्युबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाउन सरकारलाई निर्देशन दिएका छन्। 

मध्यपहाडी राजमार्गमा पर्ने पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर ४  कुच्चीको भीरको खोँचमा उनको शव फेला परेको थियो। जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पञ्चदेवलमा भएको झडपपछि बेपत्ता भएका शाहीको शव शनिबार बिहान स्थानीयले फेला पारेका थिए। 

 

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ६ : १६ बजे

घोराहीमा रहेको ज्यामिरे दह पर्यटकको रोजाइमा

दाङ- दाङ घोराहीमा रहेको ज्यामिरे दह पछिल्लो समय आन्तरिक पर्यटकको

सलमानलाई यति धेरै स्वास्थ्य समस्या !

काठमाडौं – बलिउड नायक सलमान खानले आफ्नो स्वास्थ्यबारे नयाँ खुलासा

इरान आक्रमण बारे ट्रम्पले लेखे संसद्लाई पत्र

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक केन्द्रमा गरेको

फार्स न्युज भन्छ, ‘इरान-इजरायल युद्ध विरामको कुरा झुटो हो’

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विरामको घोषणा गरे

इरानले भन्यो, ‘इजरायलले आक्रमण नरोकेसम्म युद्धविराम हुन सक्दैन’

तेहरान – इजरायलले गरिरहेको आक्रमण नरोकेसम्म आफूहरूलाई युद्धविराम स्वीकार्य नहुने