नेपाली फिल्ममा साउथ इन्डियन कमेडियन अलि अनुबन्धित  « Khabarhub

नेपाली फिल्ममा साउथ इन्डियन कमेडियन अलि अनुबन्धित 


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही समय यता नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ मा भारतीय कलाकार तथा प्राविधिकहरू अनुबन्धित भएको खबरहरु आइरहेका छन् । नीता ढुंगानाको निर्माण रहने फिल्ममा भारतीय फिल्म पुष्पाका भिलने सुनिल वर्मा , गजनीको भिलने प्रदीप सिंह रावत अनुबन्धित भइसकेका छन् । यस्तै फिल्मलाई हालै हिरोपन्ती २ खिचेका कबीर लालले खिच्ने तय भइसकेको छ । यो फिल्ममा अर्का भारतीय कलाकार अलि अनुबन्धित भएका छन् । 

साउथ इन्डियन फिल्महरुमा प्राय कमेडियनको भूमिकामा देखिँदै आइरहेका अलिले नेपाली फिल्ममा अभिनय गर्ने सम्झौता भएको नीताले बताइन् । फिल्मकी कलाकारसँगै निर्मात्री समेत रहेकी नीताले अन्य कलाकार र प्राविधिकको बारेमा विस्तारै जानकारी दिने समेत बताइन् । फिल्म नेपालीसँगै हिन्दी भाषामा समेत निर्माण हुने भएकोले भारतीय प्राविधिक तथा कलाकारलाई समेटिएको निर्देशक चन्द्र पन्तले बताए । ‘फिल्म दुई भाषामा बन्दैछ । हामी कुनै सम्झौता बिना फिल्म तयार गर्ने तयारी गरिरहेका छौँ । भारतीय प्राविधिक कलाकार तथा प्राविधिक पनि संलग्न हुने भएकाले उहाँलाई लिएका हौं ’ निर्देशक पन्तले भने ।

फिल्मको छायांकन भारतको ‘रामोजी फिल्म सिटी’ मा छायांकन हुने भएको छ । फिल्मका लिड अभिनेता हरिहर अधिकारीले समाचारको पुष्टि गरेका छन् । हालै फिल्म निर्माण कम्पनी र फिल्म स्टुडियोबीच सम्झौता भएको हरिहरले बताए । संसारकै सर्वाधिक ठुलो फिल्म सिटीको रुपमा गिनिज वर्ल्ड रेकर्ड कायम गरेको ‘रामोजी फिल्म सिटी हैदरावाद’ मा पहिलो पटक नेपाली फिल्मको छायांकन हुन लागेको हो । बलिउड तथा दक्षिण भारका अधिकांश फिल्महरू उक्त स्टुडियोमा छायांकन हुँदै आएका छन् । नीता फिल्म्सले भारतीय कम्पनी काकत्यान प्रोडक्सनसँग मिलेर फिल्म निर्माण गर्ने फिल्म ‘ह्रस्व दीर्घ’ मा भारतीय प्राविधिकसँगै चिनिएका कलाकारहरू रहने निर्देशक पन्तले बताएका छन् ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ७ : ५२ बजे

गाजामा स्वास्थ्य सेवा बन्द गर्न इजरायली सेनाको आदेश

एजेन्सी– सयुक्त राट्रसङघीय एजेन्सि युएनआरडब्लुएद्वारा संचालित स्वास्थ्य केन्द्रमा इजरायली सेनाले

गगन थापा पक्षीय कांग्रेस केन्द्रीय समितिको बैठक (तस्बिरहरू) 

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक

टिपरको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

महेन्द्रनगर– जनकपुरधामका फरक दुई स्थानमा टिपरको ठक्करबाट भएका दुर्घटनामा एक

मध्य जाडोमै स्विमसुटमा प्रियंकाको हट तस्बिर

काठमाडौं – जाडो मौसमको मध्यमा नायिका प्रियंका कार्कीले स्विमसुटमा हट

सङ्गठित अपराधमा लामिछानेलाई उन्मुक्ति दिनखोज्नु आपत्तिजनक : जेनजी मुभमेन्ट 

काठमाडौं– जेनजी मुभमेन्ट नेपालले सहकारी ठगीको आरोपका साथसाथै सम्पत्ति शुद्धीकरण