पाकिस्तानमा भएको सडक दुर्घटनामा परी २२ जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा भएको सडक दुर्घटनामा परी २२ जनाको मृत्यु


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानको बालोचिस्तानको किला सइफुल्ला नजिकै यात्रुवाहक भ्यान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाडी सडकबाट करिब १०० फिट तल खोल्सामा भरी दुर्घटना भएको र घटनामा परी पाँच बालबालिका, पाँच महिला र ११ पुरूष गरी २२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका उप–आयुक्त हाफिज मुहम्मद कासिमले बताए ।

दुर्घटनामा परी एक बालक घाइते भएका छन् भने उनको क्वेटास्थित एक अस्पतालमा उपचार भइरहेको छ ।

पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले सो घटनाप्रति दुःख व्यक्त गर्दै घाइते व्यक्तिहरूको पर्याप्त उपचार गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

उनले घटनाबारे अनुसन्धान गर्न र भविष्यमा यस खालका दुर्घटना हुन नदिन आवश्यक कदम चाल्न स्थानीय अधिकारीलाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ९ : ०१ बजे

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड