विजय यूथ र सिमराको खेल झरिका कारण स्थगित | Khabarhub Khabarhub

विजय यूथ र सिमराको खेल झरिका कारण स्थगित


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– झरीका कारण मकवानपुर गोल्डकप अन्तर्गत बुधबारको खेल स्थगित भएको छ । बुधबार मकवानपुरको विजय यूथ क्लब र नव जनजागृति क्लब सिमराको खेल तय भएको थियो ।

दिउँसो भएको वर्षात्का कारण प्रतियोगिता आयोजनास्थल पिप्ले क्याम्पा रंगशालामा पानी जमेपछि खेल स्थगित भएको हो । यसअघि शनिबार पनि एपीएफ क्लब र फ्रेण्ड्सको खेल स्थगित भएको थियो । बुधबारको खेल बिहीबार बिहान ८:३० बजे खेलाउने सहमति भएको छ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन भइरहेको चौथो संस्करणको सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकपमा १२ वटा टिमको सहभागिता छ ।

जेठ ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ९ : ३४ बजे

गरिबीमा उध्याएको कलमले मच्चाएको तहल्का

प्रतिभाशाली योग्य र विद्वान हुन ठूलो कुल, वंश र धनी

‘नेकेड एक्सप्रेस’ : विश्वभर फैलाउन खोजिएको एउटा नेपाली ब्राण्ड !

काठमाडौं – बजारमा अहिले कपडाका अन्तर्राष्ट्रिय ब्राण्डबीच तीव्र प्रतिस्पर्धा छ

‘लागुऔषध नियन्त्रणमा आमाहरू’ कार्यक्रम सञ्चालन

झापा– जिल्ला प्रहरी कार्यालय झापाले ‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन

दक्ष सर्प उद्दारकर्ता (फोटो फिचर)

काठमाडौं – दक्षिणकाली नगरपालिका बस्ने सुबोध आचार्य काठमाडौं जिल्लासहित यस

ललितपुर मेयरर्स कपको फाइनल आज, एपीएफ र सुदूरपश्चिम भिड्ने

काठमाडौं– ललितपुर मेयरर्स कप महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेल