विजय यूथ र सिमराको खेल झरिका कारण स्थगित « Khabarhub

विजय यूथ र सिमराको खेल झरिका कारण स्थगित


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– झरीका कारण मकवानपुर गोल्डकप अन्तर्गत बुधबारको खेल स्थगित भएको छ । बुधबार मकवानपुरको विजय यूथ क्लब र नव जनजागृति क्लब सिमराको खेल तय भएको थियो ।

दिउँसो भएको वर्षात्का कारण प्रतियोगिता आयोजनास्थल पिप्ले क्याम्पा रंगशालामा पानी जमेपछि खेल स्थगित भएको हो । यसअघि शनिबार पनि एपीएफ क्लब र फ्रेण्ड्सको खेल स्थगित भएको थियो । बुधबारको खेल बिहीबार बिहान ८:३० बजे खेलाउने सहमति भएको छ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन भइरहेको चौथो संस्करणको सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकपमा १२ वटा टिमको सहभागिता छ ।

जेठ ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ९ : ३४ बजे

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ