त्रिविको ताला खोल्न अनेरास्ववियुको माग « Khabarhub

त्रिविको ताला खोल्न अनेरास्ववियुको माग


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अखिल नेपाल स्वतन्त्र राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) ले त्रिभुवन विश्वविद्यालय (त्रिवि) पदाधिकारीको कार्यकक्षमा लगाइएको ताला खोल्न माग गरेको छ ।

आज अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले विज्ञप्ति जारी गर्दै तीन दिनभित्रमा त्रिवि उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा लगाइएको ताला खोल्न माग गरेकी हुन् । उनले तीनदिनभित्र ताला खोली त्रिविको काम सञ्चालन नबनाए अनेरास्ववियुले आफैँ ताला फोडेर त्रिवि सञ्चालन गर्नेसमेत बताएकी छन् । त्रिविमा लगाएको ताला खोलेर सञ्चालन गर्न सरकार संवेदनशील नभएको उनको भनाइ छ ।

अध्यक्ष बरालले त्रिविमा पाँच महिनादेखि लगाइएको तालाले त्रिविलाई ‘सेन्टर फर एक्सिलेन्स’ बनाउने सरकारको लक्ष्यलाई बाधा पुग्नेसमेत बताइन् । त्रिविका उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा नेविसङ्घले माघ ७ गतेदेखि र आंशिक शिक्षकले माघ २० गतेदेखि तालाबन्दी गरेका छन् ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ९ : ५४ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै