काठमाडौं महानगर कार्यपालिका सदस्यहरूले लिए शपथ « Khabarhub

काठमाडौं महानगर कार्यपालिका सदस्यहरूले लिए शपथ


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं महानगरपालिकाका कार्यपालिका सदस्यहरूले शपथ ग्रहण गरेका छन् ।

महानगरका प्रमुख बालेन्द्र साहले नवनिर्वाचित कार्यपालिका सदस्यहरुलाई पथ तथा गोपनीयताको शपथ गराएका हुन् । उनले बुधबार उनले राष्ट्रिय सभा गृहमा शपथ गराएका हुन् ।

सो अवसरमा काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालसँगै राजनीतिक दलका प्रतिनिधिको समेत उपस्थिति थियो ।

कार्यपालिका सदस्यमा ८ जना प्रतिनिधि निर्वाचित भएका छन् । उनीहरू जेठ २४ गते राष्ट्रिय सभा गृहमा भएको निर्वाचनबाट निर्वाचित भएका हुन् ।

मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले शपथ लिनुअघि निर्वाचित कार्यपालिका सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  १० : १२ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित