सेप्टिक ट्यांकी सफा गर्ने क्रममा डुबेर दुई जनाको मृत्यु « Khabarhub

सेप्टिक ट्यांकी सफा गर्ने क्रममा डुबेर दुई जनाको मृत्यु


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन-  चितवनको भरतपुरमा सेप्टिक ट्यांकी सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । 

बुधबार साँझ साढे ६ बजे भरतपुर महानगरपालिका-१९ तमुटोल बस्ने राम प्यारी गुरुङको घरमा रहेको सेप्टिक ट्यांकी सफा गर्ने क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । 

कपिलवस्तु शिवराज नपा ९ बस्ने वर्ष २४ का छतिराम थारु अचानक चिप्लिएर ट्यांकमा खसे पश्चात् सँगै काम गरिरहेको भिनाजु नाता पर्ने सोही स्थानका वर्ष २३ का राम चौधरी छतिरामलाई निकाल्न भित्र पसेकोमा दुबै जना  निस्किन नसकेका हुन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीका अनुसार ट्यांकीमा खसेको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय फूलबारीबाट प्रहरी निरीक्षकको टोली र जिप्रका चितवनबाट प्रनाउ समेतको टोली, नेपाली सेनाको क्याप्टेन र शसस्त्र प्रहरीबाट सहायक प्रहरी निरिक्षककाे टोली खटिई दुबै जनाको शव उद्धार गरि बाहिर निकालिएको थियो । दुई वटै शव पोष्टमार्टमको लागि भरतपुर सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  १० : ०६ बजे

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित

सरकारी टोलीले जेन-जी आन्दोलनमा क्षति पुगेका दलका कार्यालयको अवलोकन गर्दै

काठमाडौं – सञ्चार तथ सूचना प्रविधिमन्त्री जगदीश खरेलसहित सरकारी टोलीले

राष्ट्रियसभा बैठकका लागि कृषि समितिको हल मर्मत गरिँदै (तस्बिरहरू)

काठमाडौं– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित

क्रिकेट खेलाडी धामी ‘बिज एजुकेशन’का ब्रान्ड एम्बासडर

काठमाडौं– क्रिकेट खेलाडी हेमन्त धामीलाई ‘बिज एजुकेशन’ले ब्रान्ड एम्बासडरका रूपमा