सेप्टिक ट्यांकी सफा गर्ने क्रममा डुबेर दुई जनाको मृत्यु « Khabarhub

सेप्टिक ट्यांकी सफा गर्ने क्रममा डुबेर दुई जनाको मृत्यु


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन-  चितवनको भरतपुरमा सेप्टिक ट्यांकी सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । 

बुधबार साँझ साढे ६ बजे भरतपुर महानगरपालिका-१९ तमुटोल बस्ने राम प्यारी गुरुङको घरमा रहेको सेप्टिक ट्यांकी सफा गर्ने क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । 

कपिलवस्तु शिवराज नपा ९ बस्ने वर्ष २४ का छतिराम थारु अचानक चिप्लिएर ट्यांकमा खसे पश्चात् सँगै काम गरिरहेको भिनाजु नाता पर्ने सोही स्थानका वर्ष २३ का राम चौधरी छतिरामलाई निकाल्न भित्र पसेकोमा दुबै जना  निस्किन नसकेका हुन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीका अनुसार ट्यांकीमा खसेको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय फूलबारीबाट प्रहरी निरीक्षकको टोली र जिप्रका चितवनबाट प्रनाउ समेतको टोली, नेपाली सेनाको क्याप्टेन र शसस्त्र प्रहरीबाट सहायक प्रहरी निरिक्षककाे टोली खटिई दुबै जनाको शव उद्धार गरि बाहिर निकालिएको थियो । दुई वटै शव पोष्टमार्टमको लागि भरतपुर सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  १० : ०६ बजे

पाल्पामा बारी जोत्ने ट्याक्टरमा च्यापिएर एक जनाको मृत्यु

पाल्पा – पाल्पाको रामपर-३, गैलुकमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना

प्रधानमन्त्रीलाई वर्षमानले भने : भैरहवा एयरपोर्ट चलाउन भारतसँग हवाई मार्गबारे कुरा गर्नुस्

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत भएको छ । सभाको आजको

खर्च नहुनेको निःशुल्क उपचार गरिदिने क्यान्सर विज्ञ क्यान्सरसँगै हारे

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको क्यान्सरकै कारण गत

यस्तो छ सुधनले लिजमा लिएको फेवाको जग्गा (तस्बिरहरू)

काठमाडौं– फेवाताल संरक्षण अभियान चलिरहेका बेला पोखरा महानगरपालिका–२२ सिम्ले क्षेत्रमा