जन्ती लिएर जाँदै गरेको बस दुर्घटना, १९ जना घाइते « Khabarhub

जन्ती लिएर जाँदै गरेको बस दुर्घटना, १९ जना घाइते


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको रत्ननगरमा दुलही लिएर जाँदै गरेको जन्ती बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।

रत्ननगरको निपनीको हरिहर मन्दिरबाट जन्ती लिएर बडगाउँ जाँदै गरेको ना ५ ख ६४३ नम्बरको बस टाँडीको लोरीघोलमा दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार दुर्घटनामा परी चालकसहित १९ जना घाइते भएका हुन् । उक्त बसमा ३० जना सवार रहेको जनाइएको छ ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ । सामान्य घाइते भएका बस चालक रमेश शिवाकोटीलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिरहेको छ ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  १० : ५९ बजे

मलेसियाको आन्तरिक पर्यटन ११ प्रतिशतले बढ्यो

एजेन्सी– मलेसियामा सन् २०२५ मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव

विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले

स्वास्थ्य बिमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले देशका विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सम्पन्न

काठमाडौं- नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौंमा सम्पन्न

प्राधिकरणका पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतमलाई विशेष