असारदेखि भदौ मसान्तसम्म सडक खन्नेलाई कारबाही गरिने « Khabarhub

असारदेखि भदौ मसान्तसम्म सडक खन्नेलाई कारबाही गरिने


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वर्षायाममा सडक खन्दा हिलो हुने तथा मर्मतमा कठिनाइ हुने भएपछि सरकारले १ असारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ ।

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, बबरमहलका अनुसार रोक लगाउँदालगाउँदै पनि सडक निर्माणको गरेको पाइएमा कारबाही गर्ने जनाएको हो ।

‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक थप बिग्रिँदै जाने भएकाले १ असार देखि २०७९ भदौ मसान्त (तीन महिना)सम्म सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्न स्वीकृति नदिइने’, सो कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका अनुसार ‘कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने’ भन्दै नियम लागू हुने पाँच दिनअघि नै सो चेतावनी दिइएको हो ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ११ : ५४ बजे

राष्ट्रपतिको पहलमा तीन शीर्ष नेता र प्रधानमन्त्री कार्कीबीच पहिलो पटक प्रत्यक्ष वार्ता

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कमल थापाको नाम काठमाडौं-५ र बाँके-२ बाट सिफारिस

काठमाडौं– आउँदो फागुन २१ गते हुने निर्वाचनमा राप्रपा नेपालका अध्यक्ष

गृहमन्त्री अर्याल सुर्खेतमा

कर्णाली– गृहमन्त्री ओमप्रकाश अर्याल आज सुर्खेत आइपुगेका छन् । बुधबार

‘धुरन्धर’ बन्यो रणवीर सिंहको करियरकै सबैभन्दा सफल फिल्म

काठमाडौँ — बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो फिल्म ‘धुरन्धर’ प्रदर्शनको

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले