बूढीगङ्गा नगरपालिकामा मतगणना सुरु गर्न सर्वदलीय बैठक « Khabarhub

बूढीगङ्गा नगरपालिकामा मतगणना सुरु गर्न सर्वदलीय बैठक


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा – बाजुराको बूढीगङ्गा नगरपालिकामा मतगणना सुरु गर्न सर्बदलीय बैठक बस्ने तयारी भएको छ ।

शुक्रबार बिहान ७ बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी भएको निर्वाचन अधिकृत लक्ष्मणबहादुर कठायतले जानकारी दिए।

मतगणना सुरु गरेको तीन दिनमा मतमरिणाम आइसक्ने उनको भनाइ छ ।

मतगणनास्थल आसपासको सुरक्षा व्यवस्था कडा पारिएको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए । १३ हजार ६ सय ५९ मतदाता रहेको नगरपालिकामा ६६ दशमलव ३ प्रतिशत मत खसेको छ ।

यसअघि बैशाख ३० गते भएको चुनावमा भने ७५ दशमलव ५ प्रतिशत मत खसेको थियो । १० वटा मतदान स्थल र १९ वटा मतदान केन्द्रमा मतदान भएको हो ।

नगरप्रमुखमा नेपाली कांग्रेसबाट रङ्गबहादुर खाति र नेकपा एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार छन् । काँग्रेसका उम्मेदवार खातिलाई गठबन्धनको समर्थन रहेको छ ।

यसअघि वैशाख ३० मा भएको चुनावमा धाँधली भएको आरोप लागेपछि बिहीबार पुन मतदान भएको हो ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ६ : ३४ बजे

एमाले अध्यक्ष ओली झापा-५ बाटै चुनाव लड्ने

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानै

चितवन ३ बाट सोबिता उठ्ने निश्चित, नेकपाकी रेनुसँग प्रतिस्पर्धा हुने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेताहरूको निर्वाचन क्षेत्र टुंग्याउन

सुर्खेत–१ मा रविकिरण हमालको चुनावी अभियान सुरु

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा सुर्खेत

प्रशान्त तामाङप्रति उर्लाबारीमा श्रद्धाञ्जली अर्पण तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

उर्लाबारी – दिवंगत गायक प्रशान्त तामाङको असामयिक निधनप्रति गहिरो दुःख

धमाधम सजाइँदै दमकमा बालेनलाई राख्ने घर (तस्बिरहरू)

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पनि हराउने