बूढीगङ्गा नगरपालिकामा मतगणना सुरु गर्न सर्वदलीय बैठक « Khabarhub

बूढीगङ्गा नगरपालिकामा मतगणना सुरु गर्न सर्वदलीय बैठक


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा – बाजुराको बूढीगङ्गा नगरपालिकामा मतगणना सुरु गर्न सर्बदलीय बैठक बस्ने तयारी भएको छ ।

शुक्रबार बिहान ७ बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी भएको निर्वाचन अधिकृत लक्ष्मणबहादुर कठायतले जानकारी दिए।

मतगणना सुरु गरेको तीन दिनमा मतमरिणाम आइसक्ने उनको भनाइ छ ।

मतगणनास्थल आसपासको सुरक्षा व्यवस्था कडा पारिएको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए । १३ हजार ६ सय ५९ मतदाता रहेको नगरपालिकामा ६६ दशमलव ३ प्रतिशत मत खसेको छ ।

यसअघि बैशाख ३० गते भएको चुनावमा भने ७५ दशमलव ५ प्रतिशत मत खसेको थियो । १० वटा मतदान स्थल र १९ वटा मतदान केन्द्रमा मतदान भएको हो ।

नगरप्रमुखमा नेपाली कांग्रेसबाट रङ्गबहादुर खाति र नेकपा एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार छन् । काँग्रेसका उम्मेदवार खातिलाई गठबन्धनको समर्थन रहेको छ ।

यसअघि वैशाख ३० मा भएको चुनावमा धाँधली भएको आरोप लागेपछि बिहीबार पुन मतदान भएको हो ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ६ : ३४ बजे

एक वर्षमा ७ हजार ७ सय १६ विपद्का घटना : ४ सय ९६ जनाको मृत्यु, १३ हजार परिवार प्रभावित 

काठमाडौं– एक वर्षमा देशभर भएका विभिन्न बिपद्का घटनमा परी  ४

इरानमा १६०० बढी मृत्युदण्ड

एजेन्सी– इरानमा सन् २०२५ मा मृत्युदण्डको प्रयोग चिन्ताजनक रूपमा तीव्र

अमेरिकी नाकाबन्दी प्रयासबीच इरानको चेतावनी, बेलायतले ट्रम्पको योजनामा साथ नदिने

तेहरान- इरानले फारस खाडी र ओमान सागरका बन्दरगाहबारे कडा चेतावनी

भक्तपुरमा ठड्याइयो हात नभएको लिङ्गो

काठमाडौं– भक्तपुरको प्रसिद्घ बिस्काः जात्रा अन्तर्गत सोमबार तालाक्वस्थित कुम्हाले टोलमा

कोरलानाकामा जिप दुर्घटनामा चालक घाइते

मुस्ताङ– काठमाडौँ पोखरा हुँदै मुस्ताङको नेपाल-चीन उत्तरी कोरलानाकातर्फ जाँदै गरेको