कात्तिकमा ‘ह्यारी कि प्यारी’ « Khabarhub

कात्तिकमा ‘ह्यारी कि प्यारी’


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘ह्यारी कि प्यारी’ ले प्रदर्शन तय गरेको छ । गत चैतमा सुटिङ सकिएको फिल्म ‘ह्यारी कि प्यारी’ ले कात्तिक २५ गतेलाई प्रदर्शन तय गरेको हो । फिल्मको निर्माण पक्षले एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शनको विषयमा जानकारी दिएको हो । नेपालको वैवाहिक परम्पराको सेरोफेरोमा बनेको फिल्ममा जितु नेपाल र साम्राज्ञीराज्य लक्ष्मी शाहको मुख्य भूमिका रहेको छ । फिल्म विजय बराल पनि महत्वपूर्ण भूमिकामा छन् । फिल्मको एक गीतमा रेखा थापाले नृत्य गरेकी छिन् ।

यद्यपि फिल्मले सार्वजनिक गरेको पोस्टरले राम्रो प्रतिक्रिया बटुल्न सकेको छैन । दशक अगाडिको झल्को दिने किसिमको पोस्टरले गर्दा फिल्म प्रति उत्साह बोकेको फिल्मकर्मी वा दर्शक निराश भएको प्रतिक्रिया सामाजिक सञ्जालमा आइरहेको छ । सार्वजनिक पोस्टरमा साम्राज्ञी दुलहीको भेषमा छिन् भने जितु नेपाली ढाकाटोपीमा पञ्चेबाजा बजाइरहेका छन् । हाल यो फिल्मको पोस्ट प्रोडक्सनको काम भइरहेको छ । 

यो फिल्मलाई कपिल रिजालले निर्देशन गरेका हुन् । बेलायतमा बसोबास गर्ने गरेका कपिल रिजाल गीतकार तथा चिकित्सक भोला रिजालका छोरा हुन् ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  २ : १७ बजे

मोरक्को अफ्रिका कपको फाइनलमा : पेनाल्टी सुटआउटमा चुक्यो नाइजेरिया

काठमाडौं – मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनल प्रवेश गरेको

आजबाट गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा

काठमाडौं – माघ १ अर्थात् बिहीबारबाट तीन फिल्महरु ‘गोबर गणेश’,

चाडपर्वले सामाजकि सद्भाव सुदृढ बनाउँछ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता चाडपर्वले आपसी मेलमिलाप,

रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनको जित

काठमाडौं – कारबाओ कप सेमिफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा