विदेशिनेको कथामा ‘परदेशी २’ (भिडियो) « Khabarhub

विदेशिनेको कथामा ‘परदेशी २’ (भिडियो)


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भिडियो निर्देशक हुँदै फिल्म निर्देशनमा सक्रिय नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ को टिजर सार्वजनिक भएको छ । सात वर्षअघिको व्यावसायिक सफल फिल्म  ‘परदेशी’ को सिक्वेलको टिजरमा नेपाली युवापुस्तामाझ हुर्किएको अमेरिकी सपनाले सामाजिक सम्बन्धमा पारेको असरको कथा देखाइएको छ । यही फिल्मबाट अभिनयमा डेब्यु गरेका गायक प्रकाश सपूतलाई मुख्य भूमिकामा चित्रण गरिएको फिल्म उनकै वरपर घुम्छ । अघिल्लो श्रृंखलामा मुख्य भूमिकामा देखिएका पूर्व इण्डियन आइडल प्रशान्त तामाङ पनि फिल्ममा छन् ।

परदेश पुगेकाहरूको कथा–व्यथालाई प्रस्तुत गरिएको टिजरमा प्रेम, वियोग, संवेदना, द्वन्द्व र गीतको मिश्रण छ । दिलीप रायमाझी, केकी अधिकारी र वर्षा राउत समेत टिजरमा छन् । फिल्मले टिजरमार्फत आगामी असोज १४ गतेलाई प्रदर्शन मितिको रुपमा समेत घोषणा गरेको छ । गीतकार रमेश बीजीको लेख्न रहेको फिल्ममा नीर शाह, सुशील पोखरेल, सविन बाँस्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतको पनि अभिनय छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  २ : ५१ बजे

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

कञ्चनपुर– भीमदत्त नगरपालिका-१८ स्थित महाकाली प्रादेशिक अस्पताल नजिक रहेको रेष्टुरेन्टमा जुवातास खेलिरहेको

जेन–जी अभियन्ताद्वारा मानव अधिकार आयोगलाई प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानका अभियन्ताहरूले आज राष्ट्रिय मानव अधिकार

प्रधानमन्त्री भारत जाने मिति तय भइसकेको छैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, कारोबार कति ?

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको

संसदीय समितिले दिएको निर्देशन र सुझावको कार्यान्वयनमा जोड

काठमाडौं– राष्ट्रिय सभा सदस्यहरूले संसदीय समितिहरूले दिएको निर्देशन र सुझावहरूको