विदेशिनेको कथामा ‘परदेशी २’ (भिडियो) « Khabarhub

विदेशिनेको कथामा ‘परदेशी २’ (भिडियो)


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भिडियो निर्देशक हुँदै फिल्म निर्देशनमा सक्रिय नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ को टिजर सार्वजनिक भएको छ । सात वर्षअघिको व्यावसायिक सफल फिल्म  ‘परदेशी’ को सिक्वेलको टिजरमा नेपाली युवापुस्तामाझ हुर्किएको अमेरिकी सपनाले सामाजिक सम्बन्धमा पारेको असरको कथा देखाइएको छ । यही फिल्मबाट अभिनयमा डेब्यु गरेका गायक प्रकाश सपूतलाई मुख्य भूमिकामा चित्रण गरिएको फिल्म उनकै वरपर घुम्छ । अघिल्लो श्रृंखलामा मुख्य भूमिकामा देखिएका पूर्व इण्डियन आइडल प्रशान्त तामाङ पनि फिल्ममा छन् ।

परदेश पुगेकाहरूको कथा–व्यथालाई प्रस्तुत गरिएको टिजरमा प्रेम, वियोग, संवेदना, द्वन्द्व र गीतको मिश्रण छ । दिलीप रायमाझी, केकी अधिकारी र वर्षा राउत समेत टिजरमा छन् । फिल्मले टिजरमार्फत आगामी असोज १४ गतेलाई प्रदर्शन मितिको रुपमा समेत घोषणा गरेको छ । गीतकार रमेश बीजीको लेख्न रहेको फिल्ममा नीर शाह, सुशील पोखरेल, सविन बाँस्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतको पनि अभिनय छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  २ : ५१ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा