महिला सशक्तीकरणको मुद्दा प्राथमिकतामा | Khabarhub Khabarhub

महिला सशक्तीकरणको मुद्दा प्राथमिकतामा


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल चेम्बर अफ कमर्सले महिला सशक्तीकरणको मुद्दालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ ।

महिला चेम्बरले आज आयोजना गरेको महिलालाई विभिन्न क्षेत्रको तालिमको उद्घाटन कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चेम्बरले महिला सशक्तीकरणको मुद्दालाई उच्च प्राथमिकतामा राखेको बताए ।

उनले  हाल सूचना प्रविधिको क्षेत्रमा घरमै बसेर आम्दानी गर्न सकिने थुप्रै विकल्प रहेकाले त्यसबाट लाभ लिन पनि उनले आग्रह गरे । महिलाद्वारा उत्पादित वस्तुको बजारीकरणका लागि चेम्बरले सहयोग गर्ने उनको भनाइ थियो ।

महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिलाको आर्थिक सुरक्षाका लागि तालिम सञ्चालन गरिएको बताए ।  व्यापार र रोजगारी सिर्जना गर्न तालिम महत्त्वपूर्ण हुने उनको भनाइ छ । अध्यक्ष श्रेष्ठले महिलालाई बजारको मागअनुसारको तालिम प्रदान गर्न आवश्यक रहेको बताइन् ।

महिला चेम्बरले पहिलो चरणमा पाककला, सौन्दर्य कला, फोटोग्राफी, क्यान्डल क्राफ्टिङ, फेब्रिक पेन्टिङलगायतका विभिन्न छ वटा क्षेत्रमा तालिम प्रदान गर्न लागेको हो ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ३ : ०५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६