करणको शोमा नजाने स्टारहरु « Khabarhub

करणको शोमा नजाने स्टारहरु


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– करण जोहर पछिल्ला दिनमा आफ्नो च्याट शो ‘कफी विद करण’ लाई लिएर चर्चामा छन् । टेलिभिजनमा छुटै पहिचान बनाएको करणको शो अब ओटीटीमा आएको छ । यद्यपि शैली र प्रस्तुति उही छ । करणको यो शो विवादको विषय बनिरहन्छ । अर्थात् त्यहाँ सेलेब्सले बोल्ने शब्दले विवाद समेत ल्याउने गर्छ । बलिउडमा करणको छुटै पहिचान छ । यसैले गर्दा उनको शोसम्म नपुग्ने कमै कलाकार हुन्छन । 

तर केही कलाकार छन्, जो करणको कफी खान अस्वीकार गरिरहेका छन् । यो सूचीमा बलिउडदेखि साउथसम्मका कलाकार छन् । यसमा पहिलो नम्बरमा जूनियर एनटीआर पर्छन् । उनलाई हालैमात्र करणले शोका लागि निम्तो दिए पनि उनले त्यो निम्तोलाई अस्वीकार गरेका थिए । करणले केही दिनअघि आफ्नो शोमा अर्का साउथ स्टार रामचरण आउने घोषणा गरेका थिए । तर रामचरणले करणको भनाइलाई असत्य साबित गर्दै उनले शोमा आफू नजाने बताए ।

बलिउड अभिनेता रणवीर  कपुरले पनि करणको शोमा नजाने सम्भावना छ । उनले छायांकन गरेका छैनन् । यद्यपि रणवीर करणकै फिल्म ‘ब्रह्मास्त्र’ मा केही समय पश्चात देखिँदै छन् । रणवीरले निजी कारण देखाउँदै उनको शोमा नजाने निर्णय लिए पश्चात आलिया भट्टसँग रणवीर सिंह शो पुगेका छन् । ‘केजीएफ २’का यश पनि करणको शोमा जान चाहँदैनन् । भलै करणले आफ्नो शोमा यश आउने दाबी गरे पनि उनको दाबीलाई यशले अस्वीकार गरेका छन् ।

साउथ स्टार प्रभास करण शोमा यसअघि देखिइसकेका छन् । तर अब भने उनी करणको कफी सोचमा छन् । त्यहीकारण उनले करणको प्रस्तावलाई अस्वीकार गरेका छन् । बलिउड अभिनेत्री कंगना रनावतले करणको शोका विषयमा हालै एक पोस्ट गरिन् । उनले करणको शोको तारिफ गरे पनि उनी भने त्यो शोमा उपस्थित हुन चाहिँदिनन् । यद्यपि यसपटक करणको शोमा साउथका कलाकारहरू विजय देवरकोन्डा , सामन्था भने देखिनेछन् ।

 

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ३ : १६ बजे

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ

राष्ट्रपति सी चिनफिङ नयाँदिल्लीमा

नयाँदिल्ली – चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी