गोली प्रहारबाट घाइते जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन « Khabarhub

गोली प्रहारबाट घाइते जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्या भएको छ । पश्चिमी जापानको नारा शहरमा आयोजित राजनीतिक ¥यालीमा सम्बोधन गर्ने क्रममा उनको हत्या भएको हो ।

आसन्न संसदीय निर्वाचनका लागि नारा शहरमा चुनावी अभियानमा रहेका उनलाई कसैले पछाडिबाट गोली हानेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । शुक्रबार स्थानीय समयअनुसार बिहान ११ बजेर ३० मिनेटको समयमा नारा शहरको रेल स्टेशन अघि भाषण दिने क्रममा उनीमाथि गोली प्रहार भएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार त्यसबेला दुई राउण्ड गोली प्रहारको आवाज सुनिएको थियो । पछि घटनास्थलबाट सुरक्षाकर्मीले खैरो रंगको टिसर्ट र सुरुवाल लगाएको एक जना मानिसलाई नियन्त्रणमा लिएका थिए ।

जापानी प्रसारण संस्था एनएचकेका अनुसार आबेमाथि गोली प्रहार गरेको आरोपमा एकजना ४१ वर्षे पुरुषलाई पक्राउ गरिएको छ । उनको नाम तेत्सुया यामागामी रहेको जापानी प्रहरीले जनाएको छ ।

प्रहरीलाई उनले आफू आबेप्रति असन्तुष्ट रहेको र मार्न चाहेको बयान दिएको जनाइएको छ । उनी नारा शहरकै बासिन्दा रहेको र उनले सन् २००५ सम्म जापानी सेनामा तीन वर्ष सेवा गरेको समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

आबेमाथि घरमै निर्मित बन्दुकबाट गोली हानिएको थियो । गोली लाग्नेबित्तिकै उनलाई हृदयघात भएको थियो । पछि उनलाई उपचारका लागि हेलिकोप्टरमार्फत् अस्पताल पु¥याइएको थियो । अस्पतालमा उपचारका क्रममा आबेको निधन भएको द्दोषणा गरिएको हो ।

आबेको हत्या भएको घोषणा हुनुअघि जापानका प्रधानमन्त्री फुमियो किशिदाले आबेमाथि गोली प्रहारको निन्दा गरेका थिए । ‘यो आक्रमण हाम्रो लोकतन्त्रको जग मानिने चुनावको बेला भएको अमानवीय कार्य हो र यो माफी गर्न लायक छैन ।’ किशिदालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

आबेले सन् २०२० मा राजीनामा दिनुअघि दुई पटक जापानी प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

जापानमा हिंसात्मक अपराध तथा राजनीतिक हिंसा निकै दुर्लभ मानिन्छ । सन् १९३० पछि जापानमा हत्या गरिएका उनी पहिलो वर्तमान वा पूर्व राजनेता रहेको रोयटर्सले जनाएको छ ।

यसअघि सन् २००७ मा नागासाकी शहरका मेयरलाई जापानका कुख्यात याकुजा ग्याङ्ले गोली हानी हत्या गरेका थिए ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ३ : १० बजे

दबाबबीच इरानमा क्रान्ति दिवस

एजेन्सी– इरानले सन् १९७९ को इस्लामिक क्रान्तिको ४७औँ वार्षिकोत्सव बुधबार

सुरक्षित इन्टरनेट दिवस २०८२ : एनसेल फाउन्डेसनद्वारा ‘सेफर इन्टरनेट टुगेदर’ कार्यक्रम सुरु

काठमाडौं– सुरक्षित इन्टरनेट दिवस २०८२ को अवसरमा एनसेल फाउन्डेसन र नासा

राष्ट्रियसभामा अर्थमन्त्रीको जवाफ- रोक्का आयोजनाको रकम फुकुवा भइसकेको छ

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले वर्तमान सरकार गठन भएपछि रोक्का गरिएका

निर्वाचनमा कुनै तालमेल हुँदैन, नेकपा एक्लै संसद्‌मा ठूलो पार्टी बन्छ : प्रचण्ड

कास्की– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ले तोकिएको मितिमै निर्वाचन

दोलखाका युवा नेता खड्काले लिए उम्मेदवारी फिर्ता, कांग्रेसका शिवाकोटीलाई सघाउने

दोलखा- युवा नेता एवम् दोलखाबाट संघीय संसद्का स्वतन्त्र उम्मेदवार महेन्द्र