चीन र भारतका विदेशमन्त्रीबीच भेटवार्ता | Khabarhub Khabarhub

चीन र भारतका विदेशमन्त्रीबीच भेटवार्ता


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री एस जयशंकरबीच इन्डोनेसियाको पर्यटकीय सहर बालीमा भेटवार्ता भएको छ । उनीहरु जि२० को सम्मेलनमा सहभागी हुन इन्डोनेसियाको बालीमा छन् । त्यस क्रममा दुई मुलुकका विदेशमन्त्रीबीच भेटावार्ता भएको हो ।

भेटवार्ताका क्रममा विशेषगरी हालैका दिनमा युक्रेनमा विकसित भएको परिस्थितिका बारेमा कुराकानी भएको बताइएको छ । त्यस भेटका क्रममा चिनियाँ विदेशमन्त्री यीले अहिलेको अवस्थामा युक्रेनमा युद्ध गर्ने र शीतयुद्धको जस्तो अवस्था निम्त्याउने भन्दा पनि दुबै तर्फबाट वार्ताको प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिएको बताइएको छ ।

रुसले युक्रेनमाथि हमला जारी राखेको छ । गत महिनादेखिको यो युद्धका कारण रुस र युक्रेन दुवैलाई राम्रो नगरेको भन्दै यी दुई देशले आक्रमणलाई नभएर वार्ताको प्रक्रिया थाल्नुपर्नेमा चिनियाँ विदेशमन्त्रीले जोड दिएका थिए ।

सो भेटका क्रममा चिनियाँ विदेशमन्त्री यीले युक्रेन र रुसको पछिल्लो तनावको अवस्थालाई कम गरी आपसी सहयोग र समन्वयबाट विश्व समुदायले नै यी दुई देशलाई वार्ताका लागि तयार गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ४ : ०५ बजे

विश्व आर्थिक मञ्चको प्रमुख एजेन्डामा गाजा

काठमाडौं– गाजामा जारी युद्ध र मध्यपूर्वको तनाव व्यापक समाधानका लागि

बझाङमा सर्वदलीय बैठक जारी, १ बजेपछि मतगणना हुने 

बझाङ– बझाङमा सर्वदलीय बैठक जारी छ । बझाङ प्रदेशसभा १

सुपला भट्टराई : दर्शकको मन जित्न सफल बालकलाकार

काठमाडौं– बालविवाह र बोक्सी कुप्रथाको विषयमा बनेको चलचित्र ‘बोक्सीको घर’

वेस्ट इन्डिज’ए’ ले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

काठमाडौं– नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको दोस्रो

फाकफोकथुम : एमाले–कांग्रेसको पुरानो गढ

इलाम- प्रतिनिधिसभाको उपचुनावको मतगणना फाकफोकथुम गाउँपालिकाको वडा नम्बर–१ बाट सुरु