देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला  | Khabarhub Khabarhub

देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला 


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशका विभिन्न स्थानमा ६ जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । सल्यान, महोत्तरी, कञ्चनपुर, नवलपरासी (पूर्व) र डोटीमा उनीहरु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

सल्यानको शारदा नगरपालिका–६ भट्टाचौरस्थित शारदा नदीमा सोही ठाउँ बस्ने ५० वर्षीय डोल बहादुर भण्डारी शुक्रबार मृत अवस्थामा फेला परेका छन् । नदीमा माछा मार्न भनी बिहीबार राति गएका उनको सोही नदीमा शव फेला परेको हो ।

महोत्तरीको सम्सी गाउँपालिका–४ गैंडाभेटपुर गाँउबाट पश्चिम धान खेतमा बर्दीबास नगरपालिका–२ बुद्ध चोक बस्ने ३५ वर्षीय आशिष कार्की शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ जिरो प्वाईन्टस्थित महाकाली नदी बीच भागमा भारत चम्पावत बस्ने ५५ वर्षीय शंकर पाठक शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी (पूर्व) को मध्यबिन्दु नगरपालिका–१४ दुवारी बस्ने ४१ वर्षीय भोज बहादुर बारघरे सोही ठाउँ थारुडाँडास्थित खोल्सामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । असार ६ गते घरबाट हिँडेका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।

यसैगरी नवलपरासी (पूर्व) को गैंडाकोट नगरपालिका–१ मौलाकालिका सामुदायिक वनको भोटेखोलास्थित पानी नभएको खोल्सोमा हाल पहिचान नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

डोटीको शिखर नगरपालिका–१० बान्डुग्रीसैनस्थित सेती नदी किनारामा हाल पहिचान नखुलेकी अन्दाजी ३५ वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । सबै घटनामा सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ४ : ३७ बजे

सडक अवरुद्ध भएपछि ‘द क्लिफ’ पुलबाट एक महिनासम्म निःशुल्क हिँड्न दिइने

कुश्मा- पर्वतको कुश्मा र बागलुङको बलेवा जोड्ने कालीगण्डकीमाथि निर्मित एशियाकै

दोर्दी खोलामा एक युवक बेपत्ता

लमजुङ – यहाँस्थित दोर्दी खोलामा पौडी खेल्ने क्रममा बगेर एक

एनआईसी एशिया बैंकका ग्राहकलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा छुट

काठमाडौं– एनआईसी एशिया बैंकका ग्राहकलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध

आवश्यक संरचना निर्माण गरेर सहकारी व्यवस्थापन गर्छौं : मन्त्री अधिकारी

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी

‘उपयुक्त वातावरण बनेपछि संविधान संशोधनको प्रक्रिया अघि बढ्छ’

सुदूरपश्चिम– नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले उपयुक्त वातावरण