प्रधानमन्त्रीले कुनै मन्त्रीलाई पदबाट निकाल्ने हुती नै छैन : ओली « Khabarhub

 प्रधानमन्त्रीले कुनै मन्त्रीलाई पदबाट निकाल्ने हुती नै छैन : ओली


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा बस्ने मान्छेले नराम्रा काम गरेपनि उनीहरुलाई पदबाट हटाउने आँट प्रधानमन्त्रीमा नभएको बताएका छन् । 

छविलाल कार्कीको स्मृतिमा १२ औं स्मृतिका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले अर्थमन्त्री जनार्दन शर्माले आफैं राजीनामा नदिएको भए प्रधानमन्त्रीले हटाउनै नसक्ने ठोकुवा गरे । 

त्यस्तै  वर्तमान सरकारलाई अब स्वीकार गर्न नसकिने उनले बताएका छन् । देशको साँचो लिएर सरकार लुट्ने काममा लागेको र चुनावमा धाँधली गर्ने काम गरेको भन्दै वर्तमान सरकार स्वीकार्य हुन नसक्ने बताएका छन् । ओलीले वर्तमान गठबन्धन सरकार बनेपछि एउटा पनि राम्रो काम गरेको उदाहरण नभएको उल्लेख गर्दै सरकार अविलम्ब हट्नुपर्ने उल्लेख गरे । वर्तमान सरकार नराम्रा कामको थुप्रो भएको उनको भनाई छ ।

 ओलीले हतियार उठाउन परेको कारण अहिलेसम्म माओवादीले दिन नसकेको बताए । उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले क्रान्तिको सपना देखाएर प्रचण्डपथका नाममा आफ्नो स्वार्थ सेकेको आरोप लगाए । 

ओलीले जनआन्दोलन अन्तिम दिन बैशाख ११ मा पूर्व राजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधनको ड्राफ्ट आफूले तयार गरेको दाबी समेत गरे ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ५ : ०१ बजे

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन