राप्रपाका नेता तथा कार्यकर्ता धर्ना दिन जाँदा प्रशासनको अवरोध « Khabarhub

राप्रपाका नेता तथा कार्यकर्ता धर्ना दिन जाँदा प्रशासनको अवरोध


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ–  भ्रष्टाचार र महँगी नियन्त्रणको माग गर्दै धर्ना दिन गएको राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङका नेता तथा कार्यकर्तालाई जिल्ला प्रशासन कार्यालय प्रांगण प्रवेशमा रोक लगाइएको छ । भ्रष्टाचार, महँगीमूल्यवृद्धिविरुद्ध शुक्रबार धर्ना दिन गएको राप्रपाको टोलीलाई जिल्ला प्रशासन कार्यालयको गेटभित्र प्रवेश गर्न रोक लगाइएको हो । 

 धर्नाका लागि मूल गेटबाट प्रवेश गर्न खोज्दा प्रहरीले मालपोत कार्यालयतर्फको गेटबाट पस्न लगाएको, तर मालपोततर्फको गेटमा पनि ताला लगाएर छेकेको राप्रपाका अध्यक्ष ललितकुमार राईले बताए । दिउँसो १ बजेपछि राप्रपाको नेता तथा कार्यकर्ता नारा जुलुससहित धर्ना दिन प्रशासनतर्फ गएको थियो । तर, प्रशासनभित्र प्रवेश गर्ने दुबै गेटमा ताला लगाइएको थियो ।

गेटमा ताला लागेकाबेला कतिपय सेवाग्राही अलमलमा परिरहेका देखिएका थिए । अन्य ठूला दललाई प्रशासनभित्र प्रवेश गर्न दिइएकामा राप्रपालाई हेप्ने काम भएको अध्यक्ष राईले बताए । 

राप्रपाले भ्रष्टाचार र महंगी नियन्त्रण गर्न, किसानलाई मल र बिउ समयमा उपलब्ध गराउन, स्थानीय तहमा लगाइएको दोहोरो कर फिर्ता गर्न, प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रधानमन्त्रीको व्यवस्था गर्न, शिक्षा, स्वास्थ्य सामग्री समयमै उपलब्ध गराउन, अतिक्रमित भूमि फिर्ता गर्न, महिला हिंसा अन्त्य गर्न, श्रमिकको उचित ज्याला निर्धारण गर्न लगायतका माग गर्दैआएको छ । 

कृषकलाई मल र बिउ उपलब्ध गराउन माग गर्दै राप्रपाले गत १७ जेठमा राँके जुलुस प्रर्दशन गरेको थियो । यस्तै, १३ असारमा कृषि ज्ञान केन्द्रमा धर्ना दिनुका साथै बजारमा जुलुस निकालेको राप्रपाले जनाएको छ । पार्टीकातर्फबाट सरकारसमक्ष पेस गरेका २२ बुँदे माग पूरा गर्नुपर्ने अध्यक्ष राईले बताए । 

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ५ : ३६ बजे

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय

बुढाथोक घरबास : परम्परागत घरमा स्थानीय परिकार

गलकोट– यहाँको निसीखोला गाउँपालिका–६ स्थित मध्यपहाडी पुष्पलाल लोकमार्गको छेउमै छ

मोटोपना घटाउन दक्षिण एसियाली १० विज्ञका १० टिप्स

काठमाडौं– पछिल्लो समय अस्वस्थ खानपान र विलासी जीवनशैलीका कारण मोटोपना

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटलमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

कञ्चनपुर– भीमदत्त नगरपालिका-१८ स्थित महाकाली प्रादेशिक अस्पताल नजिक रहेको रेष्टुरेन्टमा जुवातास खेलिरहेको