नवौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुन्छ : खेलकुदमन्त्री « Khabarhub

नवौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुन्छ : खेलकुदमन्त्री


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युवा तथा खेलकुदमन्त्री महेश्वर जङ्ग गहतराजले गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमा हुने बताएका छन् । नवौँ राष्ट्रिय खेलकुदको मूल आयोजक कमिटी बैठकमा उनले यसअघि कोभिड–१९, विद्यार्थीको परीक्षा, सार्वजनिक खरिद एेनलगायत विभिन्न समस्याले तोकिएको समयमा हुन नसकेको भन्दै यसपटक भने तोकिएकै समयमा प्रतियोगिता आयोजना गर्दै खेलाडीलाई खुसी प्रदान गर्ने बताए ।

उनले आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि छिटोभन्दा छिटो खेलाडीको छनोट गर्ने र केही कमी रहेका खेल पूर्वधारको व्यवस्थापनका लागि गृहकार्य गर्ने बताए । यसअघि उक्त प्रतियोगिता गत जेठ २२ देखि २८ गतेसम्म सञ्चालन हुने तालिका थियो ।

त्यस्तै खेलकुदमन्त्री गहतराजको अध्यक्षतामा आज बसेको बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टङ्कलाल घिसिङको संयोजकत्वमा उक्त प्रतियोगिताको लागि कार्यकारी समिति गठन गर्ने निर्णय गरेको छ । बैठकले उक्त प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र एनआरएन गरी ११ वटा टोलीको सहभागिता गराउने र विभिन्न ३६ वटा विधामा प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनका लागि कार्यकारी समिति गठन गर्ने, १४ वटा उपसमिति गठन गर्ने, नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितादेखि लागुहुने गरी मुख्य ट्रफि निर्माण गरिने र उक्त ट्रफिलाई विभागीय टोलीसँगै सात वटै प्रदेशमा टुरमा लैजाने निर्णाय गरेको छ । बैठकले उक्त प्रतियोगिताको लागि रु ६० करोड बजेट स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ८ : ४२ बजे

प्रचण्डनिकट सरल सहयात्री भन्छन्-  कुलमानजी तपाईं घर फर्किनुस्  

काठमाडौं– पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीका नेता सरल

बाँकेको खजुरापिडारी नालामा बहुकोष्ठ कल्भर्ट निर्माण सुरु

जानकी– हुलाकी राजमार्गको नेपालगन्ज–गुलरिया सडक खण्डको बाँकेको पिडारी नालामा पक्की

विशेष महाधिवेशनको ‘काउन्टर’ मा हुने भनिएको युवा भेला स्थगित

काठमाडौं- ​नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवम् वरिष्ठ पत्रकार होमनाथ दाहालको

रास्वपासँगको एकता भंग भएपछि कुलमानले उज्यालो नेपालको अध्यक्ष पद सम्हाल्दै 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भंग भएपछि पूर्वमन्त्री कुलमान घिसिङले

रेशमखेतीको बिस्तारबाट अर्थतन्त्रमा सुधार ल्याउन सकिन्छ : मन्त्री परियार

काठमाडौं– कृषि तथा पशुपन्छीमन्त्री डा. मदनप्रसाद परियारले रेशम उद्योगले ग्रामीण