बलिउड सेलेब्सको 'स्टण्ट' | Khabarhub Khabarhub

बलिउड सेलेब्सको ‘स्टण्ट’


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म बनाउन गाह्रो छ । किनकी एउटा टिमले महिनौँसम्म मेहनत गरेपछि मात्र फिल्म बन्छ । फिल्म बनाउन जति गाह्रो छ, त्यति नै हलसम्म दर्शक ल्याउन पनि । दर्शकमाझ फिल्म आउँदै छ भन्ने नोटिस गराउन निर्मातालाई हम्मे हम्मे नै पर्छ । त्यसैले फिल्म निर्माण भएपछि त्यसको प्रमोसन गर्नु कलाकारको धर्म नै हो । तर, त्यसको कसरी प्रमोसन गर्ने भन्ने कुरा कलाकारको शैलीमा भरपर्छ । बलिउडमा यस्ता केही कलाकार छन्, जसले आफू अभिनीत फिल्मको प्रमोसन गर्न ‘स्टण्ट’ को सहारा लिए ।

अभिनेता वरुण धवन र कियारा आडवाणी पछिल्लो फिल्म ‘जुग—जुग जियो’को प्रमोसनको समयमा एक होटलमा कसैको विवाहको ‘प्री-वेडिङ’ कार्यक्रममा फिल्मको गीत ‘नच पन्जाबन’मा नृत्य नै गरे । यो एक फिल्म प्रमोसनको एक शैली नै थियो । वरुण र कियारा एक उदाहरण मात्र हुन् । बलिउडका अन्य केही कलाकार छन्, जसले फिल्म प्रमोसनका लागि अनेक ‘स्टण्ट’ गर्न पछि परेनन् ।

अभिनेत्री आलिया भट्टले फिल्म ‘टू स्टेट्स’ को रिलिज अघि नै आफ्नो इन्गेजमेन्ट हुने घोषणा गरिन् । यो घोषणाले उनका कयौं फ्यान दुःखी भए । तर, जब उनीहरुले आलियाको यो निर्णय केवल फिल्म प्रमोसनका लागि मात्र भएको थाहा पाएपछि उनीहरूले राहतको महसुस गरे । अभिनेता शाहरुख खानले फिल्म ‘जब हेरी मेट सेजल’ का लागि यस्तै अनौठो तरिका अपनाए । उनले अहमदाबादमा रहेका सेजल नामका कयौं युवतीसँग भेटघाट गरे । जुन बेला उनलाई भेट्न करिब ७ हजार सेजल नामका युवती नै आएका थिए ।

रणवीर सिंहका हरेक काम अन्तरंगी शैलीको हुन्छ । त्यसकारण पनि उनको प्रमोसन तरिका विशेष हुन्छ । केही वर्षअघि रिलिज फिल्म ‘सिम्बा’ मा उनले यस्तै शैली अपनाए । उनले फिल्म हलको छतमा चढेर फिल्मको गीतमा नृत्य नै गरे ।

अभिनेत्री विद्या वालनको फिल्म ‘कहानी’ निकै लोकप्रिय भयो । यो फिल्मको प्रमोसनका लागि विद्याले अपनाएको प्रमोसन शैली निकै रोचक थियो । फिल्ममा उनी एक गर्भवती महिला छिन् र आफ्नो पतिलाई खोज्नका लागि उनी निस्कन्छिन् । फिल्मको प्रमोसनका लागि उनी हरेक स्थानमा नक्कली गर्भवती भएर देखिइन् । संयोग नै मान्नुपर्छ, उनको यो तरिकाले काम गर्यो र फिल्म हिट साबित भयो ।

आमिर खानको फिल्म ‘गजनी’ बाट उनको हेयरस्टाइल निकै लोकप्रिय भयो । फिल्मको रिलिजअघि अभिनेताले नाई बनेर मानिसहरको कपाल नै काटे । आफ्नो लुकबाट प्रभावित भएर उनले कयौं फ्यानलाई गजनी लुक नै बनाइदिएका थिए ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ७ : ५४ बजे

किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ

सिरहा – सिरहाको नवराजपुर गाउँपालिका–२ का पूर्ववडाध्यक्ष खुशीलाल साह किर्ते

ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका रिजाल निर्वाचित

काठमाडौं – नेपाल ल क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल

सुमनाले भनिन् : राजीनामा प्रधानमन्त्रीको आउनुपर्थ्यो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले शिक्षा

शिक्षाको अधिकार प्रचलनमा अवरोध हुन नदिन आग्रह

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरक्त शिक्षकको माग वार्ताको माध्यमबाट

धौलीगाढ खानेपानी आयोजनाको काम तीव्र

जुम्ला – जुम्लाका तीनवटा पालिकालाई लक्षित गरी तातोपानी गाउँपालिका–१ मा