चैनपुर ट्याक्टर दुर्घटना- घाइते हुनेको सङ्ख्या ४२ पुग्यो, दुईको मृत्यु « Khabarhub

चैनपुर ट्याक्टर दुर्घटना- घाइते हुनेको सङ्ख्या ४२ पुग्यो, दुईको मृत्यु


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सङ्खुवासभाको चैनपुर नगरपालिका–१० दुम्कटामा ट्याक्टर दुर्घटनामा घाइते हुनेको सङ्ख्या ४२ पुगेको छ । शुक्रबार दिउँसो मलामी बोकेर फर्किँदै गरेको ट्याक्टर खाँदबारी–लेगुवा सडकखण्डको दुमकटामा दुर्घटनामा परको हो । ट्याक्टर दुर्घटनामा परेर घाइते हुनेको सङ्ख्या ४२ पुगेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

को २ त ३९६१ ट्याक्टर पल्टिएर दुई मलामीको मृत्यु भएको छ । मृत्यु हुनेमा चैनपुर नगरपालिका–१० का २४ वर्षीय गङ्गाबहादुर तामाङ र चैनपुर नगरपालिका–९ का वर्षीय ४६ को केशव कार्की रहेको सुवेदीले बताए । दुर्घटनापछि घाइते भएका तामाङ र कार्कीको मनकामना सामुदायिक अस्पताल तुम्लिङटार उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए । ट्याक्टर दुर्घटनामा परेर भने छ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाईते भएका सात जनालाई मनकामना सामुदायिक अस्पताल तुम्लिङटार उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । खराङबाट मलामीलाई खाजा बोकेर पिलुवा खोलामा गई दहासंस्कार गरी पुनः मलामी बोकी फर्किने क्रममा ट्याक्टर दुम्कटामा दुर्घटनामा परको हो ।

सवारी चालक चैनपुर–१० का ३४ वर्षीय मोहनकुमार तामाङलाई अस्थायी प्रहरी चौकी सभाखोलाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ट्याक्टरको लोडपिन अचानक भाँचिन गई रोडको बाँयातर्फ पल्टिई दुर्घटना भएको प्रहरीले जनाएको छ । चैनपुर–१० की ९० वर्षीय कौशिला अधिकारीको मलामी गएका दुर्घटनामा परेका हुन् ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ९ : ५२ बजे

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका विषयमा

पोखरा खुला एथलेटिक्स तीन नयाँ कीर्तिमानसहित सम्पन्न

काठमाडौं– दोस्रो पोखरा खुला राष्ट्रिय एथलेटिक्स प्रतियोगिता–२०२६ तीन नयाँ कृतिमानसहित

बले चिप्लिँदा सुशीललाई चिठ्ठा

काठमाडौं – अमेरिकामा रहेकी एक युवतीले कलाकार सागर लम्साल ‘बले’लाई बलात्कारको

दुई संयुक्त समितिमा राष्ट्रियसभाका सदस्यको मनोनयन

काठमाडौं– सङ्घीय संसद् संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त,

अम्बे कोशी सहकारीका साना बचतकर्ताको रकम फिर्ता हुने

काठमाडौं– कोशी प्रदेशको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी