प्रदेशसभाबाट दुई विधेयक सर्वसम्मत पारित « Khabarhub

प्रदेशसभाबाट दुई विधेयक सर्वसम्मत पारित


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशसभाको बैठकले दुई वटा विधेयक सर्वसम्मतले पारित गरेको छ ।

आजको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रस्तुत गरेको प्रदेश सञ्चार ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक र संस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतले पारित भएको हो ।

बैठकमा दुवै विधेयक सर्वसम्मतले पारित भएको सभामुख सरोजकुमार यादवले घोषणा गरेका थिए । विधेयक पारित गर्न आवश्यक गणपुरक सङ्ख्या नरहेकाले विधेयक पारितको प्रस्ताव रोक्न प्रमुख प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले आवाज उठाएपछि सभामुख यादवको निर्देशनमा प्रदेशसभा सदस्यको गणना गरिएको थियो ।

मन्त्रालयगत विनियोजित बजेटमाथिको छलफल सकियो

मधेस प्रदेशसभाको बैठकमा प्रदेश सरकारको सबै मन्त्रालयका लागि विनियोजित बजेटमाथि दफावार छलफल सकिएको छ ।

आजको बैठकमा प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय, उद्योग पर्यटन तथा वन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागि विनियोजित बजेटमाथि दफावार छलफल भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।

योसँगै प्रदेश सरकारको नौ वटै मन्त्रालयको विनियोजित बजेटमाथिको छलफल सकिएको सचिव यादवले बताए ।

बैठकमा प्रदेशसभा सदस्यहरू परमेश्वर साह, किशोरी साह कमल, उपेन्द्र महतो, रानी शर्मा तिवारी, अभिराम शर्मा, डा रिना यादव, विन्देश्वर यादवलगायतले मन्त्रालयहरुको लागि विनियोजित बजेटलाई संशोधन गरी पारित गर्नुपर्नेमा जोड दिए ।

मन्त्रालयगत बजेटको छलफल सकिएपछि भोलि दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेशसभा सदस्यबाट आएका प्रश्नहरुको जवाफ दिने र आवश्यक प्रक्रिया पु¥याएर आगामी आव २०७९/०८० को बजेट पारित हुने प्रदेशसभा सचिवालयका सचिव यादवले बताए ।

प्रदेश सरकारका अर्थमन्त्री साहले गत असार १ गते प्रदेशसभा बैठकमा आगामी आव २०७९/०८० का लागि रु ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ११ : २८ बजे

पछिल्ला २४ घन्टामा कहाँ कति पर्‍यो पानी ?

काठमाडौं – तराई क्षेत्रमा तातो बढिरहेका बेला आज देशका विभिन्न

सुकुमवासीसँग पोखरा महानगरले माग्यो विवरण

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा बनेका संरचना

चौतारीमा हेमन्त कान्छासँग छमछम नाच्दै रचना रिमाल

काठमाडौँ । गायक तथा सारंगीवादक हेमन्तकान्छा रसाइलीले लोक लयमा आधारित

स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

काठमाडौं – स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका

चीन–युरोप अन्तरिक्ष सहकार्यमा ऐतिहासिक सफलता, ‘स्माइल’ उपग्रह प्रक्षेपण

फ्रेन्च गिआना – चिनियाँ विज्ञान प्रतिष्ठान र युरोपेली अन्तरिक्ष एजेन्सी