आमाको बिगौती दूध दीर्घ रोगसँग लड्ने शक्ति « Khabarhub

आमाको बिगौती दूध दीर्घ रोगसँग लड्ने शक्ति



काठमाडौँ – पछिल्लो समय आधुनिकीकरणका नाममा आमाले बच्चालाई स्तनपान नै नगराउने समस्या पनि देखिएको छ । कतिपयले आमाको दूधको साटो गाईभैँसीको दूध खुवाउनलाई जोड गरेको पाइन्छ । कोही त बिगौती दूध खुवाउन हुँदैन भन्ने मान्यताका कारण पहिलो बिगौती दूध खेर फाल्ने चलन पनि हुन्छ । चिकित्सकहरुले भने बिगौती दूध शिशुका लागि अमृत समान हुने बताउँदै आएका छन् । शिशुका लागि आमाको दूधको महत्त्व कस्तो छ ? आमाले कसरी स्तनपान गराउँदा शिशुका लागि अझ राम्रो हुन्छ लगायतका विषयमा केन्द्रीत रहेर खबरहबकर्मी विना न्यौपानेले स्त्रीरोग विशेषज्ञ डा. सपना अमात्य वैद्यसँग गरेको कुराकानीको सम्पादित अंशः

अस्पतालमा दूध खुवाउनको लागि बैँक पनि स्थापना भएको छ, यसले स्तनपान गराउन कसरी फाइदा पुर्‍याँउछ ?
पहिला त हामीले बच्चा जन्मिने बित्तिकै बच्चालाई आमाको दूध खुवाउन प्रोत्साहन गर्दछौँ । बिगौती दूधमा बच्चालाई दीर्घ रोगले पछि गएर हुने समस्यासँग लड्न सक्ने शक्ति हुन्छ । त्यो दूधमा प्रोटिन,क्याल्सियम भिटामिन डी को मात्रा धेरै हुन्छ त्यसैले बच्चा जन्मेको १ भित्र नै आमाको दूध खुवाउनुपर्छ । त्योबाट बच्चामा रोग प्रतिरोधात्मक क्षमता बढ्छ । कोही आमाहरूको अप्रेसन भयो र आईसीयूमा छ भने दूध खुवाउन सक्दैन । त्यस्तो अवस्थामा आमाको दूध दुहेर त्यसलाई बैकिङ गरेर शिशुलाई खुवाउन सकिन्छ ।

कोही आमाको दूध आएन भने बैकिङ गरेको दूध खुवाउन सकिन्छ । आमाको दूध आएन भनेर सानैदेखि ल्याक्ट्रोजिनहरु खुवाउने गर्दा बच्चा कमजोर हुन्छन् । आमाले बच्चालाई दूध खुवाउँदा पाठेघरमा बच्चा जन्मेपछि रहेको रगतहरू पाठेघर खुम्चिएर आफै निस्किन्छ । त्यसले पछि गएर रक्तस्राव हुनबाट रोक्न सक्छ । त्यसैले स्तनपान गराउँदा आमा र बच्चालाई फाइदा हुन्छ ।

आमाको काखमा राखेर खुवाएको दूध र बैँकमा राखेर खुवाएको दूधमा फरक हुन्छ कि ?
अप्रेसन गरेको आमालाई गाह्रो हुन्छ । त्यसमा उसको परिवार र नर्सहरूले अलिकति मेहनत गर्नुपर्दछ । दूध आइरहेको छ तर खुवाउन सकेको छैन भने त्यसमा उसको परिवार र नर्सहरूले सहयोग गर्नुपर्दछ । कोही बच्चालाई दूध चाहिएको छ तर आमाको दूध आएन भने उसले ल्याक्ट्रोजिन किनेर खुवाउँछ तर यो आमाको दूध जस्तो फाइदाजनक हुँदैन ।

त्यसैले मिल्क बैकिङ कति फाइदा र बेफाइदा भन्दा पनि जुन बच्चा आइसीयूमा भर्ना भएको हुन्छन्, त्यो बच्चालाई आमाले खुवाउन सक्दैन । त्यो बच्चालाई हामीले आमाको दूध दुहेर खुवाउनुपर्छ र धेरै भएको दूध मिल्क बैँकमा राखेर दुईपटक खुवाउन सकिन्छ ।

कोही आमाको दूध आउँदैन भने उसको बच्चालाई पनि आमा सहमत छ भने खुवाउन सकिन्छ । बच्चालाई कोभिडको समयमा पनि हामीले दूध दुहेर खुवायौँ । ल्याक्ट्रोजिन किन्न पैसा चाहिन्छ तर मिल्क बैकमा भएको दूधलाई पैसा तिर्नुपर्दैन । गाई भैँसीको दूधहरू खुवाउँदा बच्चालाई चिल्लो भएर पेट खराब हुन्छ ।

आफैले आमाको धेरै भएको दूध दुहेर कसरी राख्न सकिन्छ त ?
फ्रिजमा राख्न सकिन्छ । आमाले दूध दुहेर ९८.६ डिग्री प्यारानाइट तापक्रमसम्म राख्न सकिन्छ ।

शिशुलाई जन्मिनेबित्तिकै दूध कसरी खुवाउने ?
स्तनपान गराउँदा स्तनको कालो भाग सबै मुखमा राखेर शिशुलाई देब्रे हातमा टाउको राखेर पनि चुसाउन सकिन्छ । कुनै आमाले बच्चालाई सुतेर पनि स्तनपान गराउने गरेको पाइन्छ । त्यसो गर्दा बच्चालाई स्तनले थिच्ने समस्या पनि हुन्छ । त्यसैले बसेर मात्र शिशुलाई स्तनपान गराउनुपर्छ ।

बच्चालाई दूध एउटा सकेर अर्को खुवाउनु उपयुक्त हो या दुई वटैको मात्रा मिलाएर खुवाउनु उपयुक्त हुन्छ ?
एउटा मात्र खुवायो भने सानो भएर जाने हुन्छ । एउटा खुवाएर अर्को खुवाउँदा खुवाउँदै छुटाएर अर्कोमा लैजाँदा बच्चालाई झिँजो लाग्न सक्छ । त्यसैले एक पटकमा एउटा खुवाएर अर्को पटकमा अर्के खुवाउँदा राम्रो हुन्छ । दुवै बराबरी खुवाउनु पर्दछ ।

बच्चालाई दूध खुवाउँदा कति समयको अन्तरमा खुवाउनुपर्ने हो ?
बच्चालाई जति आवश्यक पर्दछ । त्यही अनुसार खुवाउनुपर्दछ । यो समय भन्ने छैन जति बेला बच्चालाई चाहिन्छ त्यो बेला खुवाउनुपर्छ ।

तपाईँले यो स्तनपान सप्ताहलाई कसरी हेर्नुभएको छ ?
एउटा डाक्टर र आमा अल्छी हुन भएन । अन्य बाहिरी प्रोडक्डहरु खुवाउँछु भनेर आमाले सोच्न पनि बन्द गर्नुपर्‍यो । बच्चा पेटमा हुँदा आमाले धेरै भिटामिनयुक्त खाना खानुपर्छ । ज्वानोको परिकारहरु खानुपर्छ । त्यति बेलादेखि नै म बच्चालाई पर्याप्त मात्रामा दूध खुवाउँछु भन्ने धारणा बनाउनुपर्छ । पहिला ४५ दिन मात्र विदा पाइन्थ्यो तर अहिले ब्रेस्ट फिडिङ भनेर ६ महिना आमालाई दूध खुवाउन छुट छ । ब्रेस्ट फिडिङ गर्न घर जान सक्नुहुन्छ । त्यसको लागि आमा नै पहिला तयार हुनुपर्छ । अप्रेसन गरेका आमाहरूलाई विशेष गरी नर्सहरूले ब्रेस्ट फिडिङ गराउन भनेर सहयोग गर्दा हामीले भविष्यमा स्वस्थ बच्चा पाउँछौँ ।
(प्रस्तुति: पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ७ : ०० बजे

शान्तिपूर्ण मतदान सम्पन्न भएकोमा ओलीले दिए सरकारलाई धन्यवाद

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभर आम

बारामा आजै रातिबाट मतगणना तयारी, करिब ६० प्रतिशत मतदान

बारा – बारामा बिहीबार सम्पन्न निर्वाचनपछि आजै रातिबाट मतगणना सुरु

टी–२० विश्वकप : फाइनलमा पुग्न भारतले इंग्ल्यान्डलाई दियो २५४ रनको विशाल लक्ष्य

काठमाडौं – आइसीसी टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा भारतले आक्रामक ब्याटिङ

नेपालमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएपछि भारतले गर्‍यो प्रशंसा

काठमाडौं – भारतले नेपालमा बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई स्वागत गर्दै

सर्लाहीमा यसरी गरिँदै छ मतपेटिका संकलन (तस्बिरहरू)

सर्लाही – सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ को मतपेटिका संकलन