कतारका अमिरसमक्ष राजदूत ढकालले बुझाए ओहोदाको प्रमाणपत्र « Khabarhub

कतारका अमिरसमक्ष राजदूत ढकालले बुझाए ओहोदाको प्रमाणपत्र


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालले कतारका अमिर समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।

अमिर शेख तमिम बिन हमाद अल थानीको अमिरी दिवानस्थित कार्यालयमा आइतबार आयोजित एक विशेष समारोहमा राजदूत ढकालले ओहोदाको प्रमाणपत्र पेश गरेको दोहास्थित नेपाली दूतावासले जनाएको छ।

त्यसक्रममा अमिरले नयाँ राजदूत ढकाललाई स्वागत गर्दै सफल कार्यकालको कामना गर्नुका साथै दुई देशबीचको सम्बन्ध थप विकास र प्रगाढ होस् भन्ने कामना गरे । ढकालले गत महिना जुलाई ७ तारिखमा नेपाली दूतावास दोहामा आफ्नो कार्यभार सम्हालेका थिए ।

आइतबार नेपालसहित अन्य ६ मुलुकका नयाँ राजदूतहरुले अमिरी दिवानमा पुगेर अमिरसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका थिए ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ७ : १६ बजे

न्यायाधीश सपनामाथि कसले लगायो झोलेको ट्याग ? यस्तो छ यथार्थ

काठमाडौं– गत साता अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको

राष्ट्रपति समक्ष आयोगद्वारा निर्वाचन प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागुन २१

चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु

एजेन्सी– चाडको सीमावर्ती शहर टिन जागराबामा भएको सुडानी ड्रोन आक्रमणमा

रविको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुछिएको

भोली र पर्सी वर्षा तथा तीव्र हावाहुरीको सम्भावना, सतकर्ता अपनाउन आग्रह 

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि चैत