अभियान्ता सूर्यबहादुर र कृषिविज्ञ मदन राईले छाडे बाबुराम भट्टराईको साथ  « Khabarhub

अभियान्ता सूर्यबहादुर र कृषिविज्ञ मदन राईले छाडे बाबुराम भट्टराईको साथ 


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – वैकल्पिक शिक्षाका अभियान्ता सूर्यबहादुर राई र कृषिविज्ञ मदन राईले डा. बाबुराम भट्टराईको साथ छाडेका छन् । डा. भट्टराईले नेपाल समाजवादी पार्टी गठन गरेको केही समयमै दुवै जनाले सो पार्टीमा नरहेको स्पष्ट पारेका छन् ।

भट्टराई जसपाबाट अलग हुनु अगाडि सूर्यबहादुर जसपाका केन्द्रीय सदस्य थिए तर, उनले आइतबार सामाजिक सञ्जालमार्फत भट्टराईको नयाँ पार्टी नेपाल समाजवादीको कुनै पनि जिम्मेवारीमा नरहेको स्पष्ट पारेका छन् । भट्टराईको साथ छाडे पनि समावेसी, सुशासन र समृद्धिको लागि वैकल्पिक राजनीतिको यात्रा भने जारी राख्ने उनले बताएका छन् ।

सूर्यबहादुरले वैकल्पिक शक्तिको उदयका लागि नयाँ सोचका साथ देशव्यापी अभियान सञ्चालन भइरहेको प्रतिक्रिया दिए । ‘नेपालको आर्थिक, सामाजिक अवस्था परिवर्तनको अभियानमा सामेल हुनुपर्छ भन्ने सोच आयो । यसै सोचका साथ उत्साहित भएर वैकल्पिक राजनीतिक यात्रा तय गरियो । यो यात्रामा वैकल्पिक राजनीतिको गन्तव्य ठिक ढङ्गले अगाडि बढेन ।

यस अभियानमा पनि वैचारिक तथा व्यवहारिक विचलन देखियो । वैकल्पिक सोच नै विघटनको दिशातिर उन्मुख भयो,’ राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर, मुलुकमा वैकल्पिक राजनीतिको आवश्यकता झनै बढेर गएको छ । अब यसै विचार र मुद्दा कै आधारमा अगाडि बग्ने निष्कर्षमा पुगेँ । हाम्रा मूल मुद्दाहरु समावेशी, सुशासन र समृद्धिको लागि वैकल्पिक राजनीति यात्राबाट कत्ति पनि विचलित भएको छैन।’

उनले कृषिविज्ञ मदन राईसँगको सहकार्यमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा शुभम फाउण्डेसनमार्फत व्यवहारिक शिक्षाको अभ्यास गर्दै आएका छन् । कृषिविज्ञ राईले पनि शनिबार नै डा. भट्टराईसँगको साथ छाडेको घोषणा गरिसकेका छन् ।

यस्तै, जसपाका नेता मोहन गुरुङले पनि राजनैतिक एजेण्डा कायम राख्नेगरी स्वतन्त्र भएको घोषणा गरेका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ७ : ३४ बजे

प्रधानमन्त्रीको सचिवालयमा ३ जना मन्त्री र २ राज्यमन्त्री सरह सहित यस्तो छ २५ सदस्यीय सचिवालय

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक विवरण अनुसार प्रधानमन्त्रीको सचिवालय,

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको