पुरानो सुनलाई टल्काउँछौँ भन्दै ठगी गर्ने दुई भारतीय पक्राउ  « Khabarhub

पुरानो सुनलाई टल्काउँछौँ भन्दै ठगी गर्ने दुई भारतीय पक्राउ 


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – पुरानो सुनलाई नयाँ बनाउँछौँ भन्दै ठगी गर्ने दुई जना भारतीय नागरिकलाई सल्यान प्रहरीले पक्राउ गरेको छ।

पुरानो सुन (गरगहना) टल्काउने भन्दै विभिन्न रसायन प्रयोग गरी आधाभन्दा बढी सुन लुकाउने दुई जना भारतीयलाई शनिबार प्रहरीले सल्यानको बागचौर नगरपालिका ७ बाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको बिहार प्रदेशका ६७ वर्षीय महेन्द्र साह र झारखण्ड प्रदेशका ५५ वर्षीय पोगो साह रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

उनीहरूले सल्यानको बागचौर नगरपालिकाका विभिन्न ठाउँहरुमा गएर ठगी गरेको प्रहरीको भनाइ छ। पक्राउ परेकालाई जिल्ला अदालत सल्यानबाट १० दिनको म्याद लिई प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ८ : ४० बजे

नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासहित विदेशी मुद्रा आर्जनको नयाँ आधार

काठमाडौं– आँखा स्वास्थ्य क्षेत्रमा नेपालले पछिल्लो समय हाँसिल गरेको उपलब्धि

ग्रेस इन्टरनेशनलले सिड्नीमा ‘एजुकेसन एन्ड माइग्रेसन एक्स्पो’ आयोजना गर्ने

काठमाडौं – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २० वर्ष पूरा भएको

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन