कर्णालीका चार नयाँ सहर : पूर्वाधार निर्माण कछुवाको गतिमा  | Khabarhub Khabarhub

कर्णालीका चार नयाँ सहर : पूर्वाधार निर्माण कछुवाको गतिमा 


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णालीका चार ठाउँमा नयाँ सहर निर्माण कार्य जारी रहेको छ । आर्थिक वर्ष २०६८/०६९ मा घोषणा गरेर कर्णालीका दुई ठाउँमा नयाँ सहरको काम भइरहेको थियो । फेरि सरकारले आर्थिक वर्ष २०७९/८० मा दुई दुई वटा नयाँ सहर निर्माण गर्ने निर्णयसँगै कर्णालीमा चार ठाउँमा नयाँ सहर निर्माणको काम चलिरहेको छ ।

दैलेखको आठबीस नगरपालिकामा पर्ने राकम कर्णाली र रुकुम–पश्चिमको चौरजहारीलाई नयाँ सहर घोषणा गरिएसँगै काम सुरु भएको थियो। तोकिए अनुसारको पूर्वाधारको काम सन्तोषजनक नभएको पाइएको छ ।

दैलेखको राकम र रुकुम–पश्चिमको चौरजहारीलगायत देशभरका थुप्रै ठाउँमा नयाँ सहरका पूर्वाधार निर्माणको काम अलपत्र परिरहेका बेला सरकारले चालु आर्थिक वर्षदेखि फेरि हिमाली जिल्लाका १० स्थानमा नयाँ सहर निर्माण गर्ने अवधारणासहित बजेट विनियोजन गरेको हो ।

कर्णालीको हुम्ला सिमकोट र डोल्पाको दुनैमा हिमाली सहरका लागि पूर्वाधार निर्माण गरिन लागेको छ। सहरी आयोजना समन्वय कार्यालयका अनुसार त्यसका लागि आवश्यक गुरुयोजनासमेत तयार गरी काम सुरु गर्न लागिएको छ ।

प्रदेशसभा सदस्य बीरबहादुर शाहीले हिमाली क्षेत्रका बजारहरूलाई सुविधासम्पन्न सहरका रूपमा विकास गर्ने योजना आउनु राम्रो पक्ष भएको भन्दै त्यसका लागि बजेटको सुनिश्चितता र पूर्वाधार निर्माणमा सोहीअनुरूप ध्यान दिइनुपर्ने बताए ।

योजना घोषणा गर्ने तर समयमा काम सुरु नगर्ने सरकारको पुरानै समस्या भएकोले रहेको भन्दै शाहीले हिमाली र पहाडी क्षेत्रमै आधुनिक सहरको परिकल्पना गर्नु आफैँमा सकारात्मक कुरा हो । यसका पूर्वाधार निर्माणमा पर्याप्त बजेटको व्यवस्था गरी काम थाल्नुपर्छ ।

हिमाली र पहाडी क्षेत्रबाट सहरी क्षेत्र तथा तराईतर्फ बसाइसराइ गर्ने क्रम बर्सेनि बढ्दै गएको छ। त्यहाँ बसोबास गरिरहेका मानिसहरूलाई त्यहीँ बस्न सक्ने वातावरण बनाउन नयाँ सहर विस्तार गर्ने नीति अघि सारिएको नयाँ सहरी आयोजना समन्वय कार्यालयका निर्देशक रोशन श्रेष्ठले बताए । तराई तथा सहरी क्षेत्रमा बढ्दो बसाइसराइ कम गरी विभिन्न क्षेत्रमा नयाँ र आधुनिक सहर विकास गर्ने रणनीति सरकारले लिए पनि योजनाअनुसार काम हुन सकेको छैन ।

सरकारले चालु आर्थिक वर्षमा घोषणा गरेका नयाँ सहर हिमाली क्षेत्रको संस्कृति, परम्परा झल्किने गरी विकास गर्ने गरी गुरुयोजना तयार गरेको छ । नयाँ सहरी आयोजना समन्वय कार्यालयका निर्देशक श्रेष्ठका अनुसार सहरीकरणमार्फत् स्थानीय मौलिकतालाई जोगाउँदै त्यहाँको रैथाने उत्पादनलाई बजार उपलब्ध गराउने विषय हिमाली सहरको गुरुयोजनामा समेटिएको छ ।

सरकारले हुम्लाको सिमकोट, डोल्पाको दुनै, सोलुखुम्बुको लुक्ला, रसुवाको स्याफ्रुँवेशी, मुस्ताङको जोमसोम, बाजुराको मार्तडी, ताप्लेजुङको फुङलिङ, संखुवासभाको किमाथांका, मनाङको चामे र बाजुराको कोल्टीमा गरी १० नयाँ हिमाली सहर निर्माणका लागि गुरुयोजना बनाएको छ । हिमाली सहरहरू प्रदेशअनुसार छनोट गरिएका हुन् ।

-न्युजकारखानाबाट

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ८ : ५० बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले