एउटा देश पूर्ण रुपमा असफल हुन धेरै वर्ष लाग्छ | Khabarhub Khabarhub

विचार

एउटा देश पूर्ण रुपमा असफल हुन धेरै वर्ष लाग्छ

‘श्रीलंका जसरी टाट पल्टियो, नेपाल त्यस्तो अवस्थामा पुग्दैन’



मैले विशेष गरेर श्रीलंकामा राजदुत भएर त्यत्रो बसेर आएको मान्छे श्रीलंकाको अर्थतन्त्र पनि देखेको छु । नेपालको पनि देखेकै छ भन्ने हुन्छ । त्यसकारण श्रीलंकाको र नेपालको अर्थतन्त्रको अवस्था फरक छ । श्रीलंकाको हरेक वर्ष ५ विलियन अमेरिकी डलर तिर्नुपर्छ । हाम्रो यो वर्षको अन्तिमसम्म साहु र ब्याज गरेर १६ विलियन नेपाली रुपैयाँ तिर्नुपर्छ ।

श्रीलंकाले अर्गानिक उत्पादनमुखी देश बनाउँछु भनेर बुज्रुक भएर उनीहरुले न्युनस्तरको ‘फटिलाईजेसन’ गरे । जसका लागि ८८ करोड ३२ लाख बराबर नेपाली रुपैयाँ तिरे ।

उत्पादन नै भएन । धान पनि भएन । कफि पनि भएन । १० प्रतिशत आम्दानी कफीको निर्यातले हुने मुलुकले ८ अर्ब ८३ करोड २० लाख रुपैयाँ गुमायो । ८८ करोडमा चाहिँ आयात गरेको थियो । घाटा ठूलो भयो ।

त्यसपछि श्रीलंकाको सत्तामा ‘गोटाबा परिवार’ आउने भएपछि नआउला भन्ने अलिकति डर थियो । उनीहरुले ठुलठुला प्याकेजहरु अगाडि सार्थे । उनीहरुले तुरुन्तै के गरे भन्दाखेरी १५ प्रतिशत भ्याटलाई ५० प्रतिशतले घटाइदिए ।

राजश्वस आयस्रोत तपाईंले भने जस्तो त्यो बाडेर खान्नेहरुको लागि राम्रो भयो । अब राजश्वको आम्दानी जति छ, राष्ट्रिय ढुकुटीमा राजश्व आउने भयो । तर ३० प्रतिशत अनुदानमा बाडिदियो ।

अनुदानमा ३० प्रतिशत बाडिदिने । मध्यमस्तरको मल आयात गर्ने । भ्याटलाई ५० प्रतिशत घटाई दिने । अनि थेग्न पनि नसक्ने । पछिल्लो १० वर्षदेखि झर्दै झर्दै चर्को ब्याजदरमा चीनसँग ऋण लियो ।

चीनबाट लिएको ऋणले मात्रै नपुगेर उनीहरुले अरु देशसँग पनि चर्को व्याजदरमा ऋण लिन थाल्यो । अमेरिकालाई आग्रह गरेको थियो । जापानलाई ऋण दिन भनेको थियो । भारतसँग पनि ऋण माग गरेको हो ।

ऋण माग्दा माग्दा अमेरिकाले १.२ विलियन अमेरिकी डलर पैँसा दियो । अहिले पनि उनीहरुले के गरे भने त्यो जति पैसा पाए, त्यो सबै चीनलाई तिरेर पनि अझै तिर्न पुगेको छैन ।

करिब ७० देखि ८० प्रतिशत ऋण त श्रीलंकाको अहिले पाकिस्तानको जस्तै चीनसँग मात्रै छ । अब त्यस्तै गरेर उनीहरुले एउटा ‘मटाला’ भने ठाउँ छ । एउटा विमानस्थल छ । त्यो चल्दै न चल्ने विमानस्थल । त्यो राजापाक्षको नाममा नै विमानस्थल भएको हो ।
त्यो हामी एउटा ‘पोट’को नजिक गएको थियौँ । त्यही इलाकामा रहेछ के त्यो चाहिँ भारतलाई दिने भएको छ । भारतलाई के देख्यो, आफ्नै मान्छे पर्यटक ल्याउने विचार गर्यो कि भारतले लिने अलमोस्ट कन्फर्म भैसक्यो ।

त्यसले गर्दा खेरी श्रीलंकाको स्थिति चाँही के भयो भने यो आतंकवादी आक्रमण भयो । सन् २०१९ को जुन महिनामा आतंकवादी आक्रमण भयो । त्यो आक्रमणपछि श्रीलंकाको पर्यटक २१ लाखबाट झरेर ५ लाखमा सीमित भयो । दुई महिनामा ठूलो विदेशी पर्यटकको संख्या घट्यो । त्यो आक्रमणको बेला म श्रीलंकामै थिए । आक्रमणपछि कर्फू लाग्यो । त्यहाँ अनेक भयो । त्यो ठूलो संकटबाट श्रीलंका गुज्रिरहेको थियो ।

त्यही बेलामा कोभिड महामारी सुरु भयो । कोभिड र आतंकवादी आक्रमणले श्रीलंकाको संकट बढ्यो । जुन कुराको तथ्यांक आइएमएसले राख्छ । त्यसको पनि अनुसूचि ४ ले भन्छ, ‘आइएमएसले हरेक विश्वभरीको सदस्य देशहरुमा ४ महिनादेखि ६ महिना भित्रमा तिनीहरुले अडिट गर्छ ।

श्रीलंकाको अवस्था नाजुक छ । ‘डेड सर्भिसिङ क्लियारिटी’ ६० प्रतिशतले बढ्यो । जीडीपीको अनुपातमा ६० प्रतिशत भन्दा बढी भैसक्यो । अब तिमीहरुले बेल आउट नगरी हुँदैन । तिमीहरु ‘बेल आउट’को अवस्थामा पुगिसक्यौ भनेर धेरैले भनेका हुन् ।

त्यसका लागि तयारी गर्न पनि भनिएको हो । तर उनीहरुले बजारकै चर्को ब्याजदरमा ऋण लिए । हामी बनाएर छोड्छौ भनेर पूरा हवाइजहाज, विमानस्थलदेखि शहरको विकास गरेका छन् । उनीहरुले केही ठाउँ मात्रै यसरी विकास गरे, श्रीलंका र वाशिङटन डिसीमा फरक छैन ।

ठूलो ऋण लिएर उनीहरुले विकास गरे । तर चीनसँगको परनिर्भरता बढ्यो । बीआरआई आइसकेपछि पनि एमसीसीको कुरा तिमीहरुले गर्दै नगर भन्थे । उनीहरु ‘डीर्म’मा पनि नदेखिने प्रोजेक्ट भनेको एमसीसी हो भनेर अमेरिकालाई चुनौति दिने भइसकेका थिए । त्यस्तो भाषा त विद्यार्थी नेताहरुले जसरी प्रयोग गर्छ नि त्यसरी श्रीलंकाको राष्ट्रपतिले अरु देशका नेताहरुसँग बोल्ने गर्थे ।

श्रीलंकाको त्यो व्यवहारबाट अमेरिका सन्केको थियो । अमेरिकाले एमसीसीबाट मात्रै आर्मी ल्याउनुपर्छ र ? भन्ने प्रश्न उठ्यो । अमेरिकाले त अब चीनसँगको ब्यालेन्स गर्नको लागि इन्डोप्यासेफिक रणनीति त अमेरिकाले कति वर्ष अगाडिदेखि बनाई सकेको होला होइन र ?

अमेरिकाले खास स्वार्थ राखेकै थिएन । आखिर श्रीलंकाको दुःखमा त्यही भारतले सहयोग गरेको थियो । २.५ विलियन डलर बराबरको लाइन क्रेडिट अहिले श्रीलंकालाई दिएको छ ।

जसरी श्रीलंकाको आर्थिक अवस्था टाट पल्टियो नि । त्यो आफ्नै कारणले ढलेको हो । आफ्नै मुर्खता र बेकुफीले भएको हो । राजनीतिक रुपले ढल्यो । प्राकृतिक रुपले ढल्यो ।

अब नेपालमा पनि के छ भन्दा खेरी हामीले माने पनि नमाने पनि पहिले हामीले यस्तो ब्याख्या गर्दा खेरी चीन र भारतसँग एउटै किसिमको राजनैतिक सम्बन्ध कायम गर्नुपर्छ भनेका थियौँ । तर अब त्यो होइन ।

अब अमेरिका, चीन, भारत र नेपाल गरी चार वटाको आ–आफ्नो सम्बन्ध छ । स्वार्थ पनि हुन सक्छ । अब हामी नेपाल चाँही बीचमा छ । चीन र भारतसँग मिलेर गर्ने हो ।

तर हाम्रो व्यवहार एकनासको छैन । कहिले हामी चीनसँग बढी निकट हुन्छौँ । कहिले हामी भारतसँग बढी निकट हुन्छौँ ।
कहिले हामी भारतसँग विशेष सम्बन्ध भनेर कहिले हामी ‘नर्मल्यान्डेड’का कुरा गर्छौ । त्यो नर्मल्यान्डेड्का कुरामा हामी सुरुदेखि आजका मितिसम्म पञ्चशिलको सिद्धान्त अनुसार हामी तटस्थ रहन्छौ । सुन्दा खेरी अहिलेको जमानामा ‘अप्सिलिट’ सुनिन्छ । तर त्यसमा मात्रै अड्न सकेको भए भिन्न कुरा थियो ।

नेपालले १२ सय मेगावाटको चाँही २.५ विलियन पहिले नै छुटाई दिने रे । अनि त्यसपछि पैसा थप्ने भनेको छ । सन् २०१७ को अन्त्यतिर सुरु भएको प्रोजेक्ट २०२२ मा गएर मात्रै हुने वाला छ । बुढिगण्डकी, पश्चिम सेती यस्ता यस्ता प्रोजेक्टमा पैसा हालेर डुबाएर सक्नु भन्दा त्यो पैसा ऋणमा आएको छैन भनेर बुझ्नुपर्छ ।

श्रीलंका त अब कलेजो बिग्रिएको मान्छे पनि परिवर्तन गर्न सक्यो भने हतपत मान्छे मर्न सक्दैन । लिभर बिग्रनलाई बिसौँ वर्ष लाग्छ । आजभोलि बिग्रने पनि होइन । त्यसलाई अन्याय अत्याचार गरे पछि मात्रै बिग्रने हो ।

त्यस्तै एउटा देश पूर्ण रुपमा असफल राष्ट्र हुनुको लागि धेरै समय लाग्छ । नेपालले ‘करेक्टिमेजर’ लिन सक्यो भने अहिले पनि कृषि क्षेत्रबाटबाट उत्पादन हुन सक्छ । अनि रेमिट्यान्सलाई क–कसले आउदैन भन्नुभयो । रेमिट्यान्स अहिले घट्ने कुरा नै छैन ।

किनभने यहाँ काम केही पनि छैन । बाहिरको निर्माण बजारमा प्रशस्त मजदूर चाहिन्छ । यसपालि पनि हामीले हेर्ने हो भने एक वर्षमा ७८ हजारले रिन्यु गरेर गए । झण्डै दुई लाख जनाले चाँही नया परमिट लिएर गए । अब सबै जाने लाइन लागिरहेका छन् ।
एउटा कुरा के हो भने अन्तर्राष्ट्रिय उद्योगमा नेपालको बारेमा गरेकोले के देखाएको छ भने ब्याजदर बढी दिएर औपचारिक क्षेत्रबाट रेमिट्यान्स आउन सक्दैन । त्यो गलत आईएमई हो भनेर उनीहरुले अध्ययन गरिरहेका छन् ।

अर्को कुरा कृषिमा अनुदानको पैँसा धेरै छ । तर अनुदान मान्छेले पाइरहेको छैन । किनभने सुरुवातमा जति अनुदान चाहिने हो त्यो छैन । बरु पाएको धेरैथोरै अनुदान पनि वितरण गर्दै सकिएको छ । एउटा गाई मर्न लाग्यो भने भेटनरी डाक्टर पाईदैन । यहाँ मल पाएन भारतबाट ल्याउनुपर्छ । बोर्डर पारीबाट मल ल्याउँदा राम्रो गुणस्तरको हो कि होइन भन्ने अर्को चिन्ताको विषय छ । माटो परीक्षण गर्ने मानिस छैन । भेटनरी, डाक्टर, कोल्डस्टोर बनाएको छैन । न त कतै फूड प्रोसेसिङ सेन्टर बनेको छ ।

त्यसले कति ठूलो मात्रामा अर्थतन्त्रको हिस्सा बढ्थ्यो । कृषि उत्पादनको मूल्य बढ्न सक्थ्यो । भारतमा चाँही ‘मेड इन नेपाल’ भनेर जुस खायौ भनेर त्यो मैले न्युयोर्कमा कति चोटि नेपालमा बनेको जुस भनेर देखेको छु । त्यो देखेर खुशी हुने मान्छे ‘भ्यालु एड’ अन्त्य हुन्छ ।

अब त्यो सूर्यमुखी तेलबाट टोटल ट्रेडबाट हुने निर्यातबाट हुने हाम्रो आम्दानी अहिले तपाईंको ३५ देखि ४० प्रतिशत छ । गभर्नरले ४० प्रतिशत नाघेको छ, सर भन्थ्यो । अब भोलिको दिनमा दक्षिण भारतमा बिजनेस म्यानहरुले धमाधम विरोध गरिसके । यो हामी रोकिदिन्छौँ भनेका छन् ।

नेपालको तेललाई निर्यात गर्ने भन्ने कुराहरुलाई हाम्रो ब्यवस्थित बजारलाई बेवास्ता गरियो । यसले हामीले अब यहि आयात गरेर यहि ‘भ्यालुएड’ गर्न सक्छौँ भनेर दबाब दिइरहेका छौँ ।

त्यो दबाबलाई भारत सरकारले भोलिको दिनमा मान्न सक्ने सम्भावना अब धेरै भइसक्यो । अब त्यो भएको खण्डमा उनीहरुले फेरि ‘बाइल्याटर टी टी’लाई हामी अब अपरेट गर्छौ भन्दिने बितिकै त ३० प्रतिशत भ्यालु एडिक्सन नगरी भारतमा कुनै पनि चिज जानू सक्दैन ।

हाम्रो नेपालको क्षमता अहिलेसम्म ३० प्रतिशत भ्यालु एड गर्ने सक्ने क्षमता छैन । यो कोठाको यो कर्नरमा उत्पादन हुन्छ । त्यो कर्नरमा फाइनल उत्पादन निकाल्ने लगानीकर्ताहरु त्यहाँ छन् । अब उद्योगपति भनेको सबै त्यो बिजनेस म्यान छन । कमिसन एजेन्डहरु छन । सबैले आफुलाई उद्योगपति भनेर भनेका छन् ।

भन्दाखेरी यो मुलुक पो झण्डै तीन करोड जनसंख्या भएको यति धेरै प्राकृतिक स्रोत भएको मुलुकलाई साच्चिकै राम्रो मुलुक बनाउने हो भने त गर्न सकिन्छ नि । तर अब यो बिआरआईबाट साच्चिकै पीडित भएका केही मुलुकहरूको तथ्यांक हामीसँग छ । त्यसका लागि मैले सूचि भएको लिंक उपलब्ध गराउन सक्छु ।

त्यसबाट थाहा हुन्छ कि बीआरआई परियोजनाबाट कति मुलुकलाई फाइदा भएको छ । कति मुलुक साच्चिकै ध्वस्त भएका छन् ।
पछिल्ल्लो केही समययता बिआरआईले गम्भीर रुपमा ध्वस्त भएका ८ वटा देश छन् । अरु कुन कुन हुन् ? तिनीहरुको कति लोन लिएका छन् ? कति तिर्न बाँकी छ ? तिनीहरु कुन स्थितीमा छन् भन्ने कुराको विस्तृत रिसर्च गरेर रिपोर्ट तयार पारिएको छ । जुन आईएमएसले पारित पनि गरेको छ ।

हाम्रो दृष्टिकोणमा आईएमएस र विश्व बैंकले गरेको अध्ययन चाँही धेरै जस्तो अमेरिकाको स्टेड बढी भएको कारणले अलिकति प्रो–अमेरिकन त भईहाल्छ नै । त्यसको प्रेसिडेन्ट नै अमेरिकन राष्ट्रपतिले नियुक्त गर्ने हो । डलर बलियो हुन्जेल त्यही नै हो । तर पनि आईएमएसले अरुले भन्दा धेरै विश्वास गर्न सकिन्छ ।

यो पनि पढ्नुहोस्
‘बीआरआईबाट पीडित हुने देशको सूची मसँग छ’

(आईएसएसआरले आयोजना गरेको ‘नेपालमा विदेशी ऋण, अवसर र चुनौती तथा श्रीलंका संकट दोहोरिन नदिन के गर्ने ?’ विषयक कार्यक्रममा श्रीलंकाका लागि पूर्व नेपाली राजदूत समेत रहेका प्रा.डा.विश्वम्भर प्याकुर्‍यालले राखेको धारणाको सम्पादित अंश)

(प्रस्तुति : समिता श्रेष्ठ)

 

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  १० : ३३ बजे

विपन्न परिवारलाई चुलो वितरण

चितवन– चितवनको सौराहास्थित सपना भिलेज सोसल इम्प्याक्ट नामको गैरसरकारी संस्थाले

चाडपर्वले आपसी सद्भाव, सहिष्णुता र एकतालाई सुदृढ गर्छ : अध्यक्ष नेपाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इसाई धर्मावलम्बीको महत्त्वपूर्ण

शेयर बजारमा ‘इन्ट्रा डे’ कारोबार : कहाँ पुग्यो योजना ?

काठमाडौं– नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ आएसँगै शेयर बजारको

पोखराको शहीद चोकलगायत क्षेत्रलाई निषेधमुक्त गर्न रास्वपाको माग

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखराको सहिदचोक लगायत क्षेत्रलाई निषेधित

लेटाङका किसान कफीखेतीमा आकर्षित

मोरङ– कफीखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई छाडेर लेटाङका