उदिपुर पहिरोको वैकल्पिक सडक व्यवस्थापनको पहल « Khabarhub

उदिपुर पहिरोको वैकल्पिक सडक व्यवस्थापनको पहल


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- डुम्रे–बेसीशहर सडकअन्तर्गत उदिपुरमा पहिरो गएसँगै वैकल्पिक सडक व्यवस्थापनका लागि पहल सुरु भएको छ । बेसीशहर–१ उदिपुर पहिरोका कारण सडक भास्सिएर अवरुद्ध भएसँगै दीर्घकालीन व्यवस्थापनका निम्ति वैकल्पिक सडक व्यवस्थापनको पहल भएको हो ।

जिल्लास्थित विपद् व्यवस्थापन समितिले वैकल्पिक सडक व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफलसहित थप पहल गर्ने निर्णय गरेको हो ।

समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यको अध्यक्षतामा बसेको बैठकले वैकल्पिक सडकको रूपमा उदिपुर–रिठ्ठेवगर, मध्य मर्स्याङ्दी  बाँध हुँदै बेसीशहर आउने सडकलाई प्रयोगमा ल्याउनका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरेको हो ।

सो सडक प्रयोग गर्दा मध्य मर्स्याङ्दी  जलाशयको बाँध प्रयोगमा ल्याउनु पर्ने र सो बाँधमा यातायात सुचारु गर्नका लागि सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने भएकाले त्यसका लागि अनुरोध गर्ने निर्णय भएको प्रजिअ वैद्यले बताए ।

बाँधमा यातायात सञ्चालनका लागि ऊर्जा तथा जलस्रोत मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, सडक विभागलगायतका निकायसँग अनुमति माग्ने निर्णय भएको प्रजिअ वैद्यको भनाइ छ ।

यसअघि पहिरोमुनिबाट नेपाली सेनाको ब्यारेक र पहिरो माथिबाट अर्कै सडक प्रयोगमा ल्याए पनि यातायात सेवा सहज नभएको भन्दै विभिन्न व्यक्ति तथा निकायले तत्काल र दीर्घकालीन सहज यातायातका निम्ति व्यवस्थापन गर्न प्रशासनको ध्यानाकर्षण गराउँदै आएका थिए ।

सम्बन्धित निकायबाट अनुमति प्राप्त भएमा सो सडक खण्डको बाँकी भाग मर्मत तथा स्तरोन्नति गरी केही वर्षका लागि यातायात सुचारु गर्न सकिने प्रशासनले जनाएको छ ।

सरोकारवालाले ध्यानाकर्षण गराएसँगै उदिपुरदेखि चितीतर्फ जाने सडकखण्डमा रहेको रिठ्ठेबगर मर्स्याङ्दी नदी मोटरेबल पुलबाट व्यारेक पारि हुुँदै मध्यमस्र्याङ्दीको बाँधबाट पुनः मुल सडकमा जोडिने गरी वैकल्पिक सडक व्यवस्थापन गर्ने पहल भएको प्रजिअ वैद्यको भनाइ छ ।

उदिपुरमा पहिरोले सडक भत्किएपछि यात्रुसँगै व्यवसायीहरूले निकै सास्ती पाएका छन् । वैकल्पिक दुई वटा सडक प्रयोगमा आए पनि निरन्तर वर्षात र जीर्ण सडकका कारण यात्रुहरूले निकै सास्ती भोग्नुपरेको छ ।

पहिरोले सडक भत्किएपछि लमजुङ सदरमुकाम बेसीशहरसहित हिमाली जिल्ला मनाङसम्मको यातायात प्रभावित हुँदै आएको छ ।

उदिपुरमा गत वर्ष नै पहिरोले सडक बगाएको हो । सडक भत्किएको वर्ष दिन बित्दा पनि मर्मतको पहलसम्म नभएको भन्दै स्थानीय आक्रोशित भएका छन् । सडकको दीर्घकालीन टिकाउ हुने गरी समयमै मर्मत तथा स्तरोन्नति गरेको भए अहिले समस्या नहुने सर्वसाधारणको बुझाइ छ ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  २ : १० बजे

कांग्रेसले पार्टीका वरिष्ठ नेता श्रेष्ठको निधनमा तीन दिन शोक मनाउने

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमनत्री गोपालमान श्रेष्ठको

प्रधानमन्त्री र गृहमन्त्री सुनसरी घटनामा गम्भीर भएनन् : भिष्मराज आङ्देम्बे

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले सुनसरी

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

काठमाडौँ – सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर

चिकित्सकहरूको आन्दोलन आज पनि जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल