आर्यन ‘सायरा’ मा अनुबन्धित « Khabarhub

आर्यन ‘सायरा’ मा अनुबन्धित


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेता आर्यन सिग्देल नयाँ फिल्म ‘सायरा’ मा अनुबन्धित भएका छन् । आर्यनले आइतबार फिल्म निर्माण कम्पनी डि.बि.आर मिडिया एन्ड मुभिजसँग फिल्म गर्ने लिखित सम्झौता गरेका हुन् । रघु परियार प्रस्तुत कर्ता रहेको फिल्म सोसल ड्रामा र लभ स्टोरीमा तयार हुनेछ ।

आर्यनले सुहाउँदो क्यारेक्टर पाएपछि फिल्म गर्ने सम्झौता गरेको बताए । आउँदो असोजबाट छायांकन गर्ने तयारीमा रहेको फिल्मको ९० प्रतिशत छायांकन अस्ट्रेलिया र १० प्रतिशत नेपालमा हुनेछ । फिल्मका प्रस्तुत कर्ता रघुले दसैँ र तिहारमा छायांकनको तयारी भइरहेको बताए ।

‘फिल्ममा सोसल ड्रामासँगै प्रेमकथा देखाइने छ । हाम्रो भूमिकालाई सुहाउँदो भएकाले आर्यन जीलाई अनुबन्धित गरेका हौँ । उहाँ पनि भूमिकालाई लिएर उत्साहित हुनुहुन्छ,’ रघुले भने ।

उनले फिल्मको अन्य कास्ट एन्ड क्रिउको बारेमा केही समयमै जानकारी दिने बताए । फिल्ममा कथा उनकै रहेको छ । निर्देशक भने उनले भारतीय रहने बताए । उनले फिल्मको कथावस्तुअनुसार नै डायस्पोरामा छायांकन गर्न लागिएको बताए ।

फिल्मको अधिकांश छायांकन अस्ट्रेलियाको सिड्नीमा हुने छ भने केही प्रतिशत मेलबर्नमा समेत गरिने उनले जनाए ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  २ : ३४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै