इजरायली सुरक्षाकर्मी र गाजाका विद्रोहीबीच भएको भिडन्तमा ५१ जनाको मृत्यु « Khabarhub

इजरायली सुरक्षाकर्मी र गाजाका विद्रोहीबीच भएको भिडन्तमा ५१ जनाको मृत्यु


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इजरायली सुरक्षाकर्मी र गाजा क्षेत्रका विद्रोही समूहका बीचमा भएको भिडन्तका क्रममा कम्तीमा ५१ मृत्यु भएको छ ।

पछिल्ला केही दिनयता भएको भिडन्तमा परी यसअघि ४३ जनाको मृत्यु भएको बताइएकोमा इजरायली सुरक्षा फौजले ५१ जनाको मृत्यु भएको पुष्टि गरेकोे हो ।

कुल मृतक मध्ये २४ जना विद्रोही पक्षका लडाकु रहेका छन भने २७ जना गाजा क्षेत्रका स्थानीय बासिन्दा रहेका छन् ।

सरकारी पक्षले भिडन्तका क्रममा मृत्यु भएका ११ जना युद्धमा कुनै पनि पक्षबाट संलग्न नभएको जनाएको छ । घटनामा परी केही बालबालिकाको समेत मृत्यु भएको पाइएको छ ।

“धेरै प्यालेस्टाइनीहरुको मृत्यु इस्लामिक जिहाद समूहका कारणले भएको छ, यसबाट हामीले सिक्न सक्नु पर्दछ,” एक सुरक्षा अधिकारीले भने ।

गाजा क्षेत्रमा इस्लामिक जिहाद समूहले लामो समयदेखि विद्रोही गर्दै आएको छ । उनीहरुको विद्रोहका कारण बेला बेलामा दुई पक्षका बीचमा भिडन्त हुने गरेको छ ।

पछिल्लो दिन दिनमा भएको भिडन्तलाई अति क्षतिपूर्ण घटनाको रुपमा लिइएको छ । दुबै पक्षले यसलाई नराम्रो घटनाका रुपमा महसुस गरेकाले अहिले युद्धविराम घोषणा गरेका छन् ।

सोमबार मध्यरातदेखि लागू हुनेगरी युद्ध विरामको सहमती भएको इजरायलका प्रधानमन्त्री याइर लापिडले पुष्टि गरेका छन् । इजिप्टका मध्यस्थकर्ताहरूको सहयोगमा युद्धविराम भएको खबर थाहा पाएपछि स्थानीय बासिन्दाले खुशीयाली मनाएका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ३ : ५० बजे

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

रास्वपा सरकारको १०० बुँदे कार्यसूची: कहाँ छुटे चुनावी वाचाका स्वास्थ्य एजेन्डा ?

काठमाडौँ – पछिल्ला दुई दशकमा नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौं– सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा