नेप्से १७.६८ अङ्कले घट्यो, २ अर्ब ८५ करोडको कारोबार « Khabarhub

नेप्से १७.६८ अङ्कले घट्यो, २ अर्ब ८५ करोडको कारोबार


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.६८ अङ्कले ओरालो लागेर दुई हजार १०६.१५ मा ओर्लेको छ ।

यस्तै, ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ३.४४ अङ्कले ओरालो लागेर ४०६.११ मा सीमित भएको छ । कूल २१४ कम्पनीको ६५ लाख २७ हजार ४१४ कित्ता शेयर रु दुई अर्ब ८५ करोड ७० लाख ७२ हजार ९६१ मूल्यमा कारोबार भयो ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । उत्पादन ५.६४ र सामूहिक लगानी कोष ०.०४ अङ्कले उकालो लागेको छ ।

यस्तै, बैंकिङ ५.८४, व्यापार ११.३८, होटल तथा पर्यटन ४६.१६, विकास बैंक ५२.०३, जलविद्युत् २६.८१, वित्त २४.८४, निर्जीवन बीमा ३६.४८, अन्य ३८.६५, लघुवित्त १७.४८, जीवन बीमा १०१.९२ र लगानी ०.९८ अङ्कले ओरालो लागेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु २० करोड ७१ लाख ६९ हजार ९३५ बराबरको कारोबार भयो ।

त्यस्तै, नबिल बैक रु १० करोड ८५ लाख ४३ हजार १५१, नागरिक लगानी कोष रु आठ करोड २१ लाख २८ हजार ९६९, नेशनल हाइड्रोपावर रु सात करोड ६५ लाख ९१ हजार ५४५ र हिमालयन डिस्टिलरी रु सात करोड १८ लाख ४४ हजार ३४२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार गुराँस लघुवित्त र हिमालयन हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यस्तै, युनिलिभर नेपाल ५.५९, आरबीबी म्युचुअल फण्ड ५.१९, समता घरेलु लघुवित्तका लगानीकर्ताले ४.०६ प्रतिशतले कमाए । त्यस्तै, जानकी फाइनान्स ४.३१, एनआइसी एशिया सेलेक्ट फण्ड ३.८४, सिनर्जी पावर ३.५५, एशियन लाइफ इन्स्योरेन्स ३.४२ र कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.३१ प्रतिशतले गमुाए ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ४ : ०३ बजे

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटना : पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर