विश्वकै सर्वाधिक उचाइमा गल्फ कोर्स निर्माण « Khabarhub

विश्वकै सर्वाधिक उचाइमा गल्फ कोर्स निर्माण


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वकै सर्वाधिक उचाइको अल्टिच्युडमा गल्फ कोर्स निर्माण भएको छ ।मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङमा विश्वकै सर्वाधिक उचाइको गल्फ कोर्स ’मुस्ताङ गल्फ कोर्स’ निर्माण भएको हो ।

मुस्ताङ गल्फ कोर्स समुन्द्र सतहदेखि ४ हजार ६ सय ४५ मिटरको उचाइको रहेको छ । यस अघि सिक्किमको याक गल्फ कोर्सलाई सर्वाधिक उचाइको गल्फ कोर्स मानिन्छ । उक्त गल्फ कोर्स ३ हजार ९ सय ७० मिटरको उचाइमा रहेको छ ।

गल्फ कोर्स ९ होलको रहेको सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनबाट जानकारी गराइएको छ । उक्त गल्फ कोर्समा आगामी भदौमा ’टप अफ द वर्ल्ड गल्फ च्यालेन्ज’ आयोजना समेत हुने भएको छ ।

प्रतियोगिता भदौ ११ गते शनिबार आयोजना गरेर गल्फ कोर्सको उद्घाटन गर्ने तयारी गरिएको छ । स्टेबल फर्म्याट ३/४ ह्याण्डीक्यापको आधारमा हुने प्रतियोगिताको विजेता, उपविजेता, महिला विजेता, बेस्ट ग्रस, कोल्जेस्ट टु द पिन, लंगेस्ट ड्राइभ र मस्ट बर्डिजलाई पुरस्कृत गरिने बताइएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ४ : २५ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत