विश्वकै सर्वाधिक उचाइमा गल्फ कोर्स निर्माण | Khabarhub Khabarhub

विश्वकै सर्वाधिक उचाइमा गल्फ कोर्स निर्माण


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वकै सर्वाधिक उचाइको अल्टिच्युडमा गल्फ कोर्स निर्माण भएको छ ।मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङमा विश्वकै सर्वाधिक उचाइको गल्फ कोर्स ’मुस्ताङ गल्फ कोर्स’ निर्माण भएको हो ।

मुस्ताङ गल्फ कोर्स समुन्द्र सतहदेखि ४ हजार ६ सय ४५ मिटरको उचाइको रहेको छ । यस अघि सिक्किमको याक गल्फ कोर्सलाई सर्वाधिक उचाइको गल्फ कोर्स मानिन्छ । उक्त गल्फ कोर्स ३ हजार ९ सय ७० मिटरको उचाइमा रहेको छ ।

गल्फ कोर्स ९ होलको रहेको सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनबाट जानकारी गराइएको छ । उक्त गल्फ कोर्समा आगामी भदौमा ’टप अफ द वर्ल्ड गल्फ च्यालेन्ज’ आयोजना समेत हुने भएको छ ।

प्रतियोगिता भदौ ११ गते शनिबार आयोजना गरेर गल्फ कोर्सको उद्घाटन गर्ने तयारी गरिएको छ । स्टेबल फर्म्याट ३/४ ह्याण्डीक्यापको आधारमा हुने प्रतियोगिताको विजेता, उपविजेता, महिला विजेता, बेस्ट ग्रस, कोल्जेस्ट टु द पिन, लंगेस्ट ड्राइभ र मस्ट बर्डिजलाई पुरस्कृत गरिने बताइएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ४ : २५ बजे

झापामा आगलागीमा परी घाइते भएका ओलीको उपचारका क्रममा मृत्यु

झापा – यही साउन ६ गते आगलागीमा परी घाइते भएका

खेतमा पानी लगाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी – सप्तरीको खडक नगरपालिका(११ मा करेन्ट लागेर स्थानीय ५८

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी

काठमाडाैं – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर

पशुपालनमा जलवायु परिवर्तनका असर

गण्डकी – गण्डकी प्रदेशमा जलवायु परिवर्तनका कारण पशुपालन क्षेत्रमा देखिएको

कथाकार वैरागीको ‘रित्तो हात’ लोकार्पित

काठमाडौं – कथाकार सुजन वैरागीको कथासङ्ग्रह ‘रित्तो हात’ लोकार्पण गरिएको